आर्थिक वर्ष २०७६/७७ मा दुई नगरपालिका सहित ७ गाउँपालिकाहरुमा रहेका बेरोजगार व्यक्तिहरुको तथ्याङ्क सार्वजनिक गरेको छ । नेपाल सरकारले एक सय दिनको रोजगारीको व्यवस्था गरी सबै स्थानिय तहमा भएका बेरोजगारी व्यक्तिहरुलाई रोजगार प्रधान गर्नका लागि अघिल्लो आर्थिक वर्ष देखी प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको थियो ।
उक्त कार्यक्रममा सहभागि गराउनका लागि भन्दै नगरपालिका तथा गाउँपालिकाले आ आफ्ना पालिकामा भएका बेरोजगारीलाई आवेदन फारम भर्न भनेको थियो । जस अनुसार पालिकामा आवेदन फारम भरेकामा सबै भन्दा बढी बेराजगार दोलखाको कालिञ्चोक गाउँपालिकामा रहेको तथ्याङक सार्वजनिक भएको छ । भने सबै भन्दा कम मेलुङ गाउँपालिकामा रहेको छ । कालिञ्चोक गाउँपालिकामा ४ हजार ७ सय ५६ जनाले फारम भरेका थिए । भने मेलुङ गाउँपालिकामा २ सय ५९ जनाले आवेदन फारम भरेका थिए ।
त्यसैगरी भीमेश्वर नगरपालिकामा ३ हजार ५ सय ८९, बैत्यश्वर गाउँपालिकामा २ हजार २ सय ३९, शैलुङ गाउँपालिकामा १ हजार २ सय ९०, विगु गाउँपालिकामा ७ सय १, गौरीशंकर गाउँपालिकामा ५ सय ६९, तामाकोशी गाउँपालिकामा ४ सय ४३ जनाले फारम भरेका थिए । भने दोलखाको जिरी नगरपालिकामा ३ सय ४१ जनाले फारम भरेको जनाएको छ ।
९ वटै स्थानिय तहको गरी दोलखामा बेरोजगारीको संख्या १४ हजार भन्दा बढी रहेको तथ्याङ्क सार्वजनिक भएको हो । आर्थिक वर्ष २०७६/७७ मा भरेको फारमका आधारमा दोलखामा १४ हजार १ सय ८७ जना बेरोजगार व्यक्ति रहेको पाइएको हो । १४ हजार बढी बेरोजगार रहे पनि आर्थिक वर्ष २०७६/७७ मा १ हजार ६ सय ६० जनाले मात्र रोजगार पाएका थिए । भने १२ हजार ५ सय २७ जनाले प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागि हुन पाएका थिएनन् ।
२०७२ सालमा जारी गरेको नेपालको सविंधानमा सबै नागरीकलाई रोजगारीको हक सुनिश्चित गरेसंगै २०७५/७६ देखी प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत रोजगार प्रधान गर्दै आएको छ ।