नोभल कोरोना भाइरस (कोभीड–१९) को संक्रमणले सारा विश्वलाई आतंकित पारेको छ यहि भाइरसको संक्रमण फैलिएको कारण विश्वका प्राय सबै मुलुकहरुको अर्थतन्त्र धेरै बर्ष पछि धकेलिएको छ ।हजारौं कलकारकाखना, होटल,रेष्टुरेन्ट लगायत थुप्रै व्यापार व्यवसायहरु बन्द हुन पुगेका छन । केही चलिहाले पनि भने जस्तो सहज र सरल तरिकाले चल्न सकेका छैनन् । कोभिड १९ कै कारण स्वदेश तथा विदेशमा कार्यरत मजदुरहरुलाई तलव खुवाउन नसक्ने अवस्थामा पुगेपछि कतिपय कम्पनिहरुले धेरै मजदुरहरुलाई जागिर बाट हटाएको छन भने कति कम्पनिहरुले आधा तलवमा काम गर्न लगाइरहेका छन । एक सर्वेक्षणका अनुसार यहि कोरोना भाइरसकै कारण विश्वमा करिव छ करोड आठ लाख भन्दा धेरै मजदुरहरुले आफ्नो रोजगारी गुमाउने अवस्था सिर्जना भएको छ ।
यतिबेला हाम्रो देश नेपाल पनि कोरोना भाइरसको संत्रासको कारण विगत लामो समय देखि बन्दाबन्दीको सामना गरिरहेको छ । कोरोना भाइरसको महामारीकै कारण छिमेकी देश भारत लगायत तेस्रो मुलुक बाट लाखौंको संख्यामा नेपालीहरु आपm्नो रोजगारी गुमाएर स्वदेश फर्किएका छन, कति फर्कदै छन त कति फर्किने पर्खाइमा बसिरहेका छन । नेपालको कुल जनसंख्या मध्य करिव बाउन्न प्रतिशत जनसंख्या बिदेश बाट कमाएको तथा बिदेशी रेमिट्यान्सले थेगेको थियो । छिमेकी देश भारतमा पनि लाखौं नेपालीहरु विभिन्न रोजगारीमा रहेका थिए । कति आफ्नो परिवार सँगै रहेका थिए त कति एकल रुपमा रहेका थिए । जो जहाँ जसरी रहे पनि ति सबैले आ–आफ्नो सीप र दक्षता अनुरुपको साने ठूलो रोजगारी पाइरहेका थिए ।
भारत लगायत अन्य तेस्रो मुलुकमा रहेका करिव पचास लाख नेपालीहरु मध्य कम्तिमा आधा करिव पच्चीस लाख नेपालीहरु रोजगारी गुमाएर स्वदेश फर्किएका छन भने नेपालमै पनि बिभिन्न रुपमा रोजगारीमा रहेका लाखौं मजदुरहरुको रोजगारी गुमेको छ भने र कोरोनाको संक्रमण यसरीनै बढ्दै गएमाा अझै लाखौं मजदुरको रोजगारी संकटमा पर्ने देखिएको छ । भारत लगायत अन्य बाहिरी मुलुकमा पचास लाख नेपाली बिभिन्न रोजगारीमा रहदा त नेपालमा लाखौ युवा युवती बेरोजगार रहनु परेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको कारण लाखौं नेपाली रोजगारी गुमाएर नेपाल फर्किए पछि, नेपालमा भइ रहेकाको पनि रोजगारी खोसिएपछि र रोजगार नपाएर भौतारिएर बसेका सबै एकै ठाउँमा रहेपछि अव नेपालमा बेरोजगारीको अवस्था कति भयावह होला सोच्न पनि नसकिने अवस्था सिर्जना भएको छ ।
नेपालमा यसरी बेरोजगारीको संख्या ह्वात्तै बढन गए सङ्गै र लाखौंको रोजिरोटी खोसिएपछि अव रोगले भन्दा पनि भोकले धेरैको ज्यान जान सक्ने टडकारो अवस्था देखिएको छ । यस्तो अवस्थामा सरकार तथा स्थानिय सरकारले अव ति विदेश बाट रोजगारी गुमाएर फर्किएका, नेपालमा रोजगारी गुमेका र बेरोजगार रहेका लाखौं नेपालीलाई रोजगारी दिने भनेको एउटै उपाय भनेको विकास निर्माण कार्य गर्दा सम्भव भए सम्म मजदुर लगाएर काम गर्नु नै बेरोजगार समस्याको एउटा भरपर्दो माध्यम हो । अवको विकास निर्माण कार्य गर्दा मेसिन प्रयोग गरेर काम गर्नु भन्दा जो सँग जे सीप छ, त्यो सीप र दक्षताको आधारमा मजदुर लगाएर काम गर्नु नै बेरोजगारी समस्या समधानको मुख्य उपाय हुने देखिन्छ ।
बिकास निर्माण कार्यमा मेसिनको प्रयोग नगरि मजदुर लगाएर काम गर्दा भनेको र तोकेको समयमा काम पूरा गर्न सकिएला त भन्ने प्रश्न उठन सक्छ । प्र्रश्न उठनु पनि स्वभाविक नै हो । अहिलेको आधुनिक युगमा आएर पनि मेसिनले गर्ने काम किन मजदुर लगाउनु भन्ने सबैको सोचाइ हुनु पक्कै पनि गलत सोचाइ भन्न मिल्दैन । तर कोरोना भाइरसको संक्रमणको कारण लाखा,ै करोडौ मानिसको रोजगारी गुमेको छ । लाखौं मानिस र तिनका परिवारलाइ बिहान खाए बेलुका के खाऔं, बेलुका खाए बिहान के खाऔंको अवस्था उत्पन्न भइरहेको छ । हाम्रो देश नेपालमा नेतागणहरुले भाषणमा जति ठूला र आदर्शको कुरा गरे पनि तत्कालै लाखौ,करोडौं मानिसलाई रोजगारी दिने क्षमता न नेपाल सरकार सँग छ न त ति ठूला र आदर्शको भाषण दिने नेतागणहरु सँग नै छ । भाषण र आदर्शले भोकाएको नेपालीको भोको पेट भरिदैन । भोको पेट भर्नको लागि त हरेक नेपालीले कुनै न कुनै तवरले कि कुनै रोजगारी पाउनु परयो कि कुनै न कुनै पेशा वा व्यवसाय हुनु जरुरी छ ।
अहिलेको यो संक्रमणको बेलामा सबैको ज्यान बचाउने एउटै उपाय हो नेपाल सरकार र स्थानिय सरकारले संचालन गर्ने विकास निर्माण कार्यमा सके सम्म मेसिन प्रयोग गर्नुको सट्टा अनिवार्य मजदुरको सहभागिता गराउनु नै उत्तम उपाय हो । मजदुर लगाएर विकास निर्माणको काम गर्दा राज्य सरकारलाइ दुई वटा फाइदा हुने देखिन्छ । एउटा फाइदा भनेको बेरोजगार रहेकाले थोरै र सानै भए पनि रोजगार पाउने छन उनीहरुले पाएको रोजगारले केही हद सम्म भए पनि उनिहरुको परिवार पाल्न सहज हुने छ भने अर्को फाइदा भनेको मेसिनले भन्दा मानिसले काम गर्दा विकास निर्माण कार्य केही समय ढिला भए पनि देशको विकास पनि हुने भएकोले अवको विकास निर्माण कार्यमा मेसिन हैन मजदुरको प्रयोग गरौं ।