सिन्धुली, १२ भदौ
सिन्धुलीको मरिण गाउँपालिकाले कोरोना नियन्त्रणका लागि ९६ लाख ५० हजार ८ सय ६६ खर्च गरेको छ । आज गाउँपालिका स्तरीय विपद तथा जलवायु उत्थानसिल समितिको वैठकमा ०७७ असार मसान्त गाउँपालिकाले कोरोना नियन्त्रणमा गरेको खर्च सार्वजनिक गरेको हो ।
पालिकाले कोरोनाको प्रतिकार्यका लागि गाउँपालिकाको कोष बाट ८५ लाख ३५ हजार ३ सय ७४ रुपैया, प्रदेस र संघ बाट प्राप्त अनुदान २५ लाख, ३० हजार १२ रुपैया, निजी तथा गैर सरकारि संस्था बाट सहयोग १५ हजार तथा अन्य बाट १० लाख ३१ हजार ९ सय २ गरि जम्मा १ करोड २१ लाख १२ हजार २ सय ८८ आम्दानी रहेको गाउँपालिकाका अध्यक्ष बम्जनले जानकारी दिए ।
यस्तै क्वारेन्टाइन निमार्ण तथा वेड, होटलको खानामा १ लाख ९३ हजार ९ सय ९७ रुपैया, आइसोलेसन निर्माणमा ३ हजार ५ सय, औषधी तथा स्वास्थ्य सुरक्षा सामाग्री खरिद पहिलो पटकमा ८ लाख ९९ हजार ५ सय ६३ रुपैया खर्च गरेको छ ।
त्यस्तै मानवीय स्रोत परिचालनमा २२ लाख ९४ हजार ३ सय ९०, राहात बितरण, रोजगार मुलक आयोजनामा भएको श्रमिकका लागि ३९ लाख ६७ हजार ६ सय, साबुन बितरणमा १० लाख ६७ हजार ८ सय २२, आपतकालिन राहात उद्धारमा २४ हजार ६ सय ६५ खर्च भएको जनाइएको छ ।
यातयात सेवामा १० हजार, भौतिक सामाग्री खरिद ७ लाख ८२ हजार ६ सय ९५ र अन्य निकायलाई सहयोग १ लाख ५० हजार गरि जम्मा ९६ लाख ५० हजार ८ सय ६६ खर्च भएको गाउँपालिकाले जनाएको छ ।