सिन्धुली - १८ भदौ
जिल्लाका स्थानिय तहले हाल सम्म कोरोना भाइरस नियन्त्रणमा गरेको खर्च तथ आम्दानी सार्वजनिक गरेका छन् । जिल्लाको दुधौली नगरपालिकाले असार मसान्त सम्ममा कोरोना भाइरस नियन्त्रणको लागि हाल सम्म १ करोड ६७ लाख १ हजार ४ सय ६७ रुपैया खर्च गरेको छ ।
क्यारेन्टाइन निमार्णको लागि १७ लाख ४१ लाख ७ सय ७१ रुपैया ७५ पैसा, औषधी तथा मेडिकल सामाग्री खरिदमा ४७ लाख ४ हजार ५६ रुपैया ७५ पैसा, उपचार व्यवस्थापन तथा क्वारेन्टाइनमा बसेकाको खाना खाजा खर्च ४५ लाख ८ हजार २ सय ८१ रुपैया ७५ पैसा र राहात तथा अन्यमा ५७ लाख ४७ हजार ३ सय ५६ गरी जम्मा १ करोड ६७ लाख १ हजार ४ सय ६७ रुपैया खर्च गरेको नगरपालिकाले जनाएको छ । यस्तै बागमति प्रदेश सरकारले १२ लाख सहयोग गैरसरकारी सघसंथा २६ लाख ८६ हजार ९ सय ७ रुपैया, व्यक्तिगत रुपमा ८० हजार ७ सय ४५ रुपैया र दुधौली नगरपालिकाको आन्तारिक श्रोत बाट १ करोड २७ लाख ३३ हजार ८ सय १५ रुपैया गरि जम्मा १ करोड ६७ लाख १ हजार ४ सय ६७ रुपैया आम्दानी गरेको छ
जिल्लाको गोल्नजोर गाउँपालिकाले कोरोना भाइरस नियन्त्रणको लागि असार मसान्त सम्म ७३ लाख ९४ हजार ६९ रुपैया खर्च गरेको छ । क्वारेन्टाइन र आइसोलेसन केन्द निमार्णका लागि ११ लाख ५ हजार ६ सय २ रुपैया, औषधी खरिद, भौतिक सामाग्री खरिदमा २० लाख ५५ हजार ६ सय ७३, यातयात सेवामा १ लाख ४० हजार,राहत वितरणमा ३८ लाख २५ हजार ३ सय ४४ रुपैया र अन्यमा २ लाख ६७ हजार ३ सय ३३ रुपैया गरि जम्मा ७३ लाख ९४ हजार ६९ रुपैया खर्च गरेको गाउँपालिकाले जनाएको छ ।
यस्तै गाउँपालिकाको कोष बाट ६० लाख ९४ हजार ६९ रुपैया, प्रदेश र संघ बाट १० लाख, अन्य संघसस्था बाट ६ लाख रुपैया गरि जम्मा ७६ लाख ९४ हजार ६९ रुपैया आम्दानी गरेको छ ।
सिन्धुलीको मरिण गाउँपालिकाले कोरोना नियन्त्रणका लागि ९६ लाख ५० हजार ८ सय ६६ खर्च गरेको छ । पालिकाले कोरोनाको प्रतिकार्यका लागि गाउँपालिकाको कोष बाट ८५ लाख ३५ हजार ३ सय ७४ रुपैया, प्रदेस र संघ बाट प्राप्त अनुदान २५ लाख, ३० हजार १२ रुपैया, निजी तथा गैर सरकारि संस्था बाट सहयोग १५ हजार तथा अन्य बाट १० लाख ३१ हजार ९ सय २ गरि जम्मा १ करोड २१ लाख १२ हजार २ सय ८८ आम्दानी रहेको गाउँपालिकाका अध्यक्ष बम्जनले जानकारी दिए ।
यस्तै क्वारेन्टाइन निमार्ण तथा वेड, होटलको खानामा १ लाख ९३ हजार ९ सय ९७ रुपैया, आइसोलेसन निर्माणमा ३ हजार ५ सय, औषधी तथा स्वास्थ्य सुरक्षा सामाग्री खरिद पहिलो पटकमा ८ लाख ९९ हजार ५ सय ६३ रुपैया खर्च गरेको छ ।
त्यस्तै मानवीय स्रोत परिचालनमा २२ लाख ९४ हजार ३ सय ९०, राहात बितरण, रोजगार मुलक आयोजनामा भएको श्रमिकका लागि ३९ लाख ६७ हजार ६ सय, साबुन बितरणमा १० लाख ६७ हजार ८ सय २२, आपतकालिन राहात उद्धारमा २४ हजार ६ सय ६५ खर्च भएको जनाइएको छ ।
यातयात सेवामा १० हजार, भौतिक सामाग्री खरिद ७ लाख ८२ हजार ६ सय ९५ र अन्य निकायलाई सहयोग १ लाख ५० हजार गरि जम्मा ९६ लाख ५० हजार ८ सय ६६ खर्च भएको गाउँपालिकाले जनाएको छ ।
कमलामाई नगरपालिकाले प्रकोप व्यवस्थापन तथा कोरोना व्यवस्थापन कोषबाट हाल सम्मे २ करोड १४ लाख ४१ हजार ३ सय ३५ रुपैया खर्च गरेको जानकारी दिएको छ । नगरपालिकाको कोरोना बाट १६ लाख ५५ हजार ७ सय ५० रुपैया, स्थानिय पूर्वाधार विकास कायक्रमको बाँकी बजेट बाट १ करोड ७२ लाख ३० हजार , प्रदेश सरकार बाट १२ लाख रुपैया नगरपालिकाका कर्मचारीहरुको एक दिनको तलब बाट १ लाख ७३ हजार ८ सय ३०, नगर भित्रका सामुदायीक विद्यालयका शिक्षकबाट २५ लाख ४ हजार ७ सय ४०, जनप्रतिनिधि बाट २ लाख १८ हजार ७ सय ६०, विभिन्न व्यक्ति संघ संस्थाहरुबाट ८ लाख २३ हजार ७७, स्वास्थ्य तर्फका कर्मचारीहरुको एक दिनको तलब बाट ३६ हजार ५ सय ६७ रुपैया गरि जम्मा ३ करोड ८२ लाख ४५ हजार ७ सय २४ रुपैया आम्दानी रहेको नगरपालिकाले जनाएको छ ।
यस्तै खाद्यन्न वितरण कार्यक्रममा २४ लाख २६ हजार ८ सय ३९, क्वारेन्टाइन व्यवस्थापनमा २४ लाख २६ हजार ८ सय ३९, सुत्केरी महिलालाई १÷१ लिटर ध्यू वितरणमा २ लाख, जिल्ला समन्वय समितिलाई १ लाख, कोभिड १९मा खटिने सिन्धुली अस्पतालका कर्मचारीलाई प्रोत्साहन भत्ता ३ लाख, अमेरिकन फौजी किरा रोगथामा ३ लाख ८२ हजार ६ सय, स्वास्थ्य सामाग्री खरिदमा १४ लाख ९३ हजार ३ सय ४२, स्वस्थ्य तर्फका कर्मचारीको तलबबाट कट्टा भएको रकम फिर्ता १ लाख ७४ हजार २ सय ५२, विभिन्न व्यक्तिहरुको लागि राहत सहयोग आगलागी एवं स्वास्थ्य उपचारमा ६ लाख ६ हजार, आइसोलेसन भवन निमार्णमा ३ लाख, एपोलो अस्पतालमा विद्युत व्यवस्थापनमा ३० हजार ९६ रुपैया गरि जम्मा २ करोड १४ लाख ४१ हजार ३ सय ३५ रुपैया खर्च गरेको जानकारी दिएको छ ।
सुनकोशी गाउँपालीकाले असार मसान्त सम्म १३ लाख ४१ हजार ५४ रुपैया खर्च गरेको छ । औषधी खरिदमा ९ लाख ७१ हजार १ सय ९९ रुपैया, उपचार व्यवस्थापनमा ४४ हजार ५ सय रुपैया, अन्य राहातमा ३ लाख २५ हजार ३ सय ५५ गरी जम्मा १३ लाख ४१ हजार ५४ रुपैया खर्च गरेको गाउँपालिकाले जनाएको छ ।
यस्तै फिक्कल गाउँपालिकाले असार मसान्त सम्म ६८ लाख ७५ हजार ३ सय ७५ खर्च गरेको छ । गाउँपालिकाले क्वारेन्टाइन निमार्णको लागि १ लाख ९१ हजार ८ सय ४५ रुपैया, यातयातमा ४ लाख ६३ हजार २ सय रुपैया, औषधी खरिदमा ५ लाख ६५ हजार ६५ रुपैया, राहात वितरण्मा २४ लाख ९८ हजार २ सय ९८ रुपैया, खाजा खर्च १ लाख ९३ हजार ४ सय २८ रुपैया, स्वस्थ्यकर्मीला प्रोत्साहन भत्ता ५ लाख ९१ हजार ७ सय २०, महिला तथा स्वास्थ्य स्वयमसेविकालाई १० हजार ८ सय, अन्यमा २३ लाख २२ हजार ३ सय ३९ रुपैया गरी जम्मा ६८ लाख ७५ हजार ३ सय ७५ खर्च गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको कोष बाट ६८ लाख ४८ हजार ६ सय ४०, बागमति प्रदेश बाट १० लाख, गाउँपालिकामा कार्यरत कर्मचारी बाट ७९ हजार ८ सय १६, पालिका क्षेत्रभित्र कार्यरत शिक्षक बाट १६ लाख ५३ हजार ७ सय ९७ , पालिकाको जनप्रतिनिधिबाट ५ लाख र नेपाली काग्रेस फिक्कल गाउँपालिका बाट ५० हजार गरी जम्मा १ करोड ३२ हजार २ सय ५३ आम्दानी गरेको गाउँपालिकाले जनाएको छ ।
हरिहरपुरगढी गाउँपालिकाले कोरोना भाइरस नियन्त्रणको लागि ६१ लाख ९६ हजार ६ सय ८१ रुपैया खर्च गरेको छ । सरसफाई सामाग्री खरिदमा १ लाख ३० हजार ४ सय ४०, खाना खाजा मा १ लाख ५७ हजार ५ सय २५, स्वस्थ्य उपकरण खरिदमा १ लाख ८३ हजार ३ सय ८, मानवीयश्रोत परिचालनमा १० लाख ४३ हजार २ सय ४९, राहतवितरणमा २४ लाख ५१ हजार ९सय ९५, यातयात सेवामा ३ लाख ८५ हजार ६सय १०, भौतिक सामग्रीखरिदमा (मास्क, सेनिटाईजर, पिपिई, आदि) ५ लाख १६ हजार ६ सय २८ रुपैया र अन्य विविध खर्चमा ८ लाख ६२ हजार १ सय १० रुपैया गरी जम्मा ६१ लाख ९६ हजार ६ सय ८१ रुपैया खर्च गरेको गाउँपालिकाले जनाएको छ ।