सिन्धुली, २४ भदौ
सुकोशी गाउँपालिका क्षेत्र भित्रको बन्दाबन्दी गए राती १२ बाट खुल्ला गरिने भएको छ । सुनकोशी गाउँपालिकामा हीजाे बसेको गाउँपालिका स्थरिय कोभिड १९ रोगथाम तथा नियन्त्रण समितिको वैठकले यस्तो निणर्य गरेको हो ।
बन्दाबन्दीको कारण गाउँपालिका भित्रका आर्थिक अवस्था कम भएका, विपन्न तथा मजदुर घर परिवारलाई खाद्यन्नको संकट हुदै गएकाले बन्दाबन्दी खुल्ला गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहालले बताउनु भयो ।
सामाजिक तथा भौतिका दुरी कार्यम गदै स्वास्थ्य सँग सम्बन्धीत सेनिटाइजर, मास्क र नियमित साबुन पानीले हात धुने जस्ता कार्यहरु अनिवार्य रुपमा गर्ने साथै कोरोनाकोे लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्ने गरी बन्द रहेको सम्पूर्ण सेवा खुल्ला गरिने अध्यक्ष दाहालले जानकारी दिनु भयो ।
यस्तै गाउँपालिका भित्र नजिक रहेका शिक्षकले हप्तामा एक पटक टोलटोलमा गएर बैकल्पिक माध्यमबाट पठनपाठन गराउनु पर्ने निर्णय भएको छ । साथै गाउँघरमा बहिरबाट प्रबेश भएका व्यक्तीहरुको कन्ट्रयाक्ट ट्रेसिङमा सूचना दिई सघाउन शिक्षकहरुलाई अनुरोध गरिएको छ ।
पालिका भित्रका होटल व्यवसायीले पनि आफ्नो होटलमा खाना,खाजा खान आउने व्यक्तिको नाम, ठेगाना तथा सम्पर्क नम्बरको विवरण राख्नु पर्ने निर्णय गरिएको छ ।
गाउँपालिकाले गरेको निर्णय विरुद्ध भएका कुनै पनि गतिबिधी माथी निगरानी राखी नियम उलंघन गरेको पाइएमा संक्रमक रोग एन २०२० अन्तर्गतको कार्वाही गरिने अध्यक्ष दाहालले जानकारी दिनु भयो ।