चरिकोट, २९ भदौ
विपद्मा बाल अधिकारको सुनिश्चितताः हामी सबैको साझा प्रतिवद्धता भन्ने मुल नाराका साथ मनाउन लागिएको यो बर्षको राष्ट्रिय बाल दिवसको अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले शुभ कामना सन्देश प्रवाह गर्नु भएको छ ।
शुभकामना सन्देशमा बाल अधिकार हनन् हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै कोभिड –१९ बाट सिर्जित विषम् परिस्थितिमा पनि विशेष सावधानी अपनाउँदै बाल अधिकारको क्षेत्रमा कार्यरत सरकारी तथा गैर सरकारी सघ संस्थाहरु, निजी क्षेत्र, नागरिक समाजका अगुवाहरु लगायत सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्नु भएको छ ।
साथै सरकारले बाल अधिकार संरक्षणको कामलाई नीतिगत, कानूनी र संरचनागत हिसाबले नै उच्च प्राथमिकतामा राखेको उल्लखे गर्दै गरिब र असहाय बालबालिकाको अधिकार हनन् हुन नदिन सडक बालबालिका मुक्त राष्ट्र निर्माण अभियानलाई तिव्रता दिईएको उल्लेख गरिएको छ । बालबालिकामाथि हुने सबै प्रकारका हिंसा विरुद्ध शुन्य सहनशिलताको नीति अवलम्वन गरिएको छ । बाल हिंसाका घट्नामा संलग्न अपराधीहरुलाई कडा कार्वाही गर्न सरकार प्रतिवद्ध रहेको भन्दै बाल अधिकार सुनिश्चित गर्न स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार बीच बलियो सहकार्यका लागि आवश्यक व्यवस्था मिलाइएको उल्लेख गरिएको छ ।
सन्देशमा बालबालिकासँग सम्बन्धित संयुक्त राष्ट्रसंघको महासन्धि, इच्छाधीन आलेखहरु, अन्तरराष्ट्रिय घोषणा र सार्क स्तरीय घोषणाहरु गरी १६ वटाभन्दा बढी अन्तरराष्ट्रिय सन्धिहरु नेपालले अनुमोदन गरी कार्यान्वयन गरिरहेको भन्दै समृद्ध नेपालः सुखी नेपालीुको राष्ट्रिय संकल्पलाई पुरा गर्न भविष्यका कर्णधारको रुपमा रहेका बालबालिकाको क्षेत्रमा पर्याप्त लगानी गरी उनीहरुलाई सक्षम नागरिक बनाउन आवश्यक लगानीको प्रबन्ध सरकारले गर्दै आएको जानकारी गराईएको छ ।
बालबालिकाको विषय सरकारको मात्र नभई हरेक नागरिकको सरोकारको विषय भएकाले उनीहरुको हक अधिकार सुनिश्चित हुने गरी थप जिम्मेवारी, प्रतिवद्धता र क्रियाशिलताका साथ काम गर्न सम्बद्ध सबै पक्षलाई हार्दिक आव्हान गर्दछु गरिएको छ ।
सन्देशमा कोभिड(१९ ले सिर्जित विषम परिस्थितका कारण बालबालिकाहरु डिजिटल दुर्व्यसनुमा फस्ने अवस्था आउन सक्ने भएकाले त्यसतर्फ सचेत रहन शिक्षक, अभिभावक लगायत सम्बद्ध सबै पक्षसँग हार्दिक अनुरोध गरिएको छ भने बाल अधिकार सुनिश्चित भएको बालमैत्री समाज निर्माणको दिशातर्फ उन्मुख हुन हामी सबैलाई थप ऊर्जा प्राप्त होस् भन्ने शुभकामना मन्ली गुरुले दिनु भएको छ ।