चरिकोट, ९ असोज
भनिन्छ नी, जन्मदै प्राय अधिकांश मान्छेले केही न केही कला लिएर जन्मिको हुन्छ रे । गीत संगीत, साहित्य, राजनीति, सामाजिक सेवा, नृत्य, कला लगायत भगवानले दिएकै हुन्छ । कतिले त भन्ने पनि गर्छन कि भाग्यमा जे लेखेको छ त्यही पाईन्छ, त्यही भोग्नुपर्छ भनेर । लेखेको कुरा मेटाउन गाह्रो पनि हुन्छ रे । हुन त भाग्यमा छ भनेर डोकोमा दूध दुहेर अटिदैन पनि । भगवानले दोर्जेलाई त्यस्तै कला लेखेको हुन सक्छ भाग्यमा ।
कालिञ्चोक गाउँपालिका कालिञ्चोक एक छिपुङ निवासी दोर्जे तामाङ सानैदेखि क्षयरोग पीडित भए । सायद हुनु सक्छ उनलाई भगवानले साथ दिए उनी कलाले भने पीडित भएनन् । सानैदेखि कपी र कलम भेट्ने बित्तिकै विभिन्न चित्रहरु कोर्नुहुन्थ्यो दोर्जे । उपचारको क्रममा १ वर्षसम्म काठमाडौ अस्पतालमा बस्दा धेरै चित्रहरु कोरेका थिए । कक्षा आठसम्म अध्ययन गरेका दोर्जेले अहिले दिनभरि घरमै बसेर चित्र कोर्ने गर्छन ।
अहिले १८ वर्ष पुग्दा उहाँले धेरैको मन छुने चित्र कोर्नुहुन्छ उहाँ । त्यही चित्र देखेर मोहित भएका नामसालिङ संस्थाका राजन केसीले आर्थिक, भौतिक सहयोग गर्दै आउनु भएको छ । केसीकै पहलमा दोर्जेको घरमै लगेर चिकित्सकबाट स्वास्थ्य परीक्षण समेत गर्न गराउनु भयो । चित्रकलामा प्रतिष्पर्धीमा उतार्ने हो भने पनि उत्कृष्ट स्थान हासिल गर्न सक्छन् दोर्जेले । न कतै देखिएको कला, न कोहीबाट प्रशिक्षणनै लिएका दोर्जेको कलाले सबैलाई मोहित पार्छ । उनी पुस्तकमा देखेको भरमा आफ्नै परिवेशमा देखिएका, सम्झेका चित्रहरु कोर्ने गर्छन् दोर्जे बुबा रत्न बहादुर तामाङकै हेरचाहमा हुर्किरहेका छन् ।
उनलाई दैनिक औषधि खानुपर्छ । बेलाबेलामा स्वास्थ्य परीक्षण र औषधि किन्न स्वास्थ्य संस्थामा आवत जावत गर्नुपर्छ । चिकित्सकको फलोअपको लागि बेला बेलामा काठमाडौ जानुपर्छ । गाउँमानै रहनुपर्ने भएकाले भनेजस्तो उपचार सेवा उनले पाएको छैनन् । दिर्घकालिन रुपमा औषधि खानु पर्छ । कहिले निको हुन्छ केही थाहा छैन परिवारलाई । आर्थिक अवस्था कमजोर परिवार रहेको हुनाले छोरोको उपचारमा भनेजस्तो उपचार गर्न नपाउँदा दोर्जेका बुबा रत्न तामाङ सबैलाई दुखेसो पोख्न ुहुन्छ । तर, दोर्जेलाई आफूले कोरिएका चित्र बिक्रीबाट प्राप्त रकमबाट भनेजस्तो उपचार गर्ने इच्छा छ । थप कतैबाट सहयोग पाएमा राम्रा राम्रा चित्रहरु कोर्ने उत्साह छ दोर्जेमा ।