चरिकोट, १४ असोज
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र दोलखाले विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । दोलखाका प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीको संयोजकत्वमा आज बसेको बैठकले शैक्षिक संस्थाहरु (विद्यालय, कलेज, ट्युसन सेन्टर र तालिम केन्द्र सञ्चालन नगर्न भनेको छ ।
त्यसैगरि सबै प्रकारका सभा गोष्ठि, तालिम सेमिनार, सिनेमा हल, पार्टि प्यालेस, मनोरन्जन स्थल, समुहमा खेलिने खेलकुद र खेल प्रस्तुती प्रदर्शनी, पुस्तकालय सञ्चालन गर्न निषेध गरेको छ ।
त्यसैगरि खुल्ला स्थानमा मानिसहरु भेला हुन, भिडभाड गर्न, सभा जुलुस आदि गर्न गराउन, भिडभाड हुने गतिविधि जस्तै जात्रा, महोत्सव, भोजभतेर आर्दि सञ्चालन गर्न गराउन निषेध गरेको छ ।
मठमन्दिर, चर्च लगाएतका धार्मीक तथा साँस्कृतिक स्थलहरुमा दैनिक नित्य पुजा बाहेकका गतिविधि सञ्चालन गर्न, बढि भिडभाड हुने उद्योग, कलकारखाना, व्यापार व्यवसाय अन्र्तगतका स्वास्थ्य मापदण्डका विपरित हुने क्रियाकलाप गर्न, चाडपर्व लगाएतका धार्मीक साँस्कृतिक तथा सामाजिक कार्य गर्नका लागी हुने जमघट गर्न निषेध गरेको छ ।
त्यसैगरि उद्योग, व्यापार व्यवसाय, निर्माण आदि कार्य गर्नका लागी स्वासथ्इ सुरक्षा मापदण्ड विपरित श्रमीक कामदारको ओसारपसार कार्य गर्न र सहकारी लगाएतका संघसंस्थाहरुले साधारण सभा, तालिम गोष्ठि जस्ता हुने गतिविधि गर्न निषेध गरेको छ ।
कोभिड १९ को संक्रमण देखिएको स्थानलाई सम्बन्धित स्थानीय तहले जोखिम विष्लेषण गरि आवश्यकता अनुसार अत्यावश्यक बाहेकका अन्य सबै प्रकारका सेवा बन्द गरि स्वास्थ्य कार्यालयको सहयोग र समन्वयमा नियन्त्रण र उपचारको व्यवस्था मिलाउने र सो को जानकारी स्थानीय प्रशासनलाई उपलब्ध गराउन भनिएको छ ।
विदेशबाट नेपाल आउने यस जिल्लाका विभिन्न पालिका भित्र बसोबास गर्ने बासिन्दाहरु पालिका÷वडा कार्यालयको सिफारिसमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले सहजिकरण गरी आगमनको अनुमति दिने गरिएको छ । सम्बन्धित पालिकाले त्यस्ता व्यक्तिहरु तथा अन्य संक्रमित जिल्लाबाट आउने व्यक्तिहरुलाई अनिवार्य क्वारेन्टिनमा राखी संक्रमण फैलन नदिने व्यवस्था मिलाउने निर्णय गरिएको छ ।
बैठकमा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे, भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसी, नेकपा दोलखाका अध्यक्ष ईश्वरचन्द्र पोखरेल, नेपाली काँग्रेस दोलखाका सचिव बालकृष्ण आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टिका अध्यक्ष नवराज श्रेष्ठ सहित जिल्लाका सरकारी कार्यालयका प्रमुख, सहकारी संघ संस्थाका प्रमुख लगाएतको सहभागीता रहेको थियो ।