चरिकोट, २०, असोज
रेस्लिङलाई विश्वमा साहसी र बलवान खेलको रुपमा चिनिन्छ । बलिया बलिया ज्यान भएकाहरुबीच प्रतिष्पर्धा हुन्छ । अन्तमा जसले उठ्नै नसक्ने गरी फछारेका हुन्छन् तिनैको जीत हुन्छ ।
नेपालमा पनि कुस्तिलाई रेस्लिङको रुपमा लिइन्छ । नेपालमा आयोजना गरेको रेस्लिङमा हिमालयन टाईटरले रेस्लरले धेरै चर्चित रेस्लरहरुलाई पछि पारेका थिए । हिमालयन टाईगरले धेरैलाई उठ्नै नसक्ने गरी थला पारेपछि उनको समर्थनमा हजारौले ताली, स्यावासी दिएका थिए ।
लकडाउनपछि दोलखाका विभिन्न ठाउँमा घुम्ने क्रममा भीमेश्वर १ सुष्पाक्षमावती लामानागीमा बालबालिकाको त्यस्तै रेस्लिङ देख्ने अवसर मिल्यो । यसमा खेलमा उमेरको कुनै हद तोकिएको थिएन । जसले जसलाई बजाउन सक्यो उसैको जीत हुन्थ्यो । विद्यालय बन्द भएपछि बालबालिकाको दैनिकी यस्तै खेलमा दिन बित्थ्यो । दिउँसो अभिभावकहरु घाँस दाउरा र खेतीपातीमा व्यस्त हुने भएपछि बालबालिकाहरु दिनभरि खाली चौरमा आफूलाई मन पर्ने खेल खेलेर दिन बिताउने गरेका छन् ।
बालबालिकाको यस खेललाई खेल मात्र होईन, साहसीपूर्ण खेलेको हुनाले रेस्लिङभन्दा कम थिएन । पछार्ने, थिचेर राख्ने, शरिरका महत्वपूर्ण अंगमा हान्ने समेत गर्ने भएकाले यस खेल निकै रोचक मानिन्छ । खेलको नियम थाहा नभए तापनि बालबालिकाहरु एकले अर्कोलाई लडाउने र किक, बक्सिङमार्फत बजार्ने काम गर्थे । कतिको नाक, मुखमा समेत किकले बजारेका थिए । उफ्रि उफ्रि हानेका किकले धेरैलाई गम्भिर चोट समेत पुगेको थियो । तर, रुने, कराउने कुनैमा थिएन । हाँसी हाँसी उफ्रेर किक हानेका थिए ।
लुगा फाटेका थिए कत्तिका । चप्पलका लुता पनि चुडीएको थियो । तर पनि एकले अर्कालाई बजार्ने काम निरन्तर थियो । शहरका घरहरुमा खाली ठाउँ नभएका कारण बालबालिकाहरु स्वतन्त्रपूर्वक खेल्न पाउदैनन् । उफ्रिन, लड्न पाउँदैनन् शहरका जग्गाहरुमा । तर गाउँघरमा प्रशस्तै खाली जग्गाहरु हुनु र अहिले पढाई नहुँदा बालबालिकाहरु दिनभर उफ्रेरै समय कटाएको हुन्छ । त्यसैले गाउँघरमा बालबालिकाहरु सामान्य चोटले पनि असर गर्दैन । बलिया र निरोगी हुने कारण पनि यही हो ।
करिब १ घण्टाको समयमा कैद गरिएका केही तस्बिरहरु यस्ता देखिए ।