चरिकोट, २८ असोज
जिल्ला समन्वय समिति, दोलखाले जिल्लाका स्थानीय तहहरुको प्रथम चौमासिक कार्यसम्पादन अनुगमन सुरु गरेको छ । यस अघि जिल्लाका केही गाउँपालिकाहरुको कार्यसम्पादन अनुगमन गरेको समितिले आज भीमेश्वर नगरपालिकाको कार्यसम्पादन अनुगमन सम्पन्न गरेको छ।
अनुगमनका क्रममा भीमेश्वर नगरपालिकामा यस आर्थिक बर्ष २०७७/७८ मा कुल बजेट ८६,७३,४८,००० रहेको छ भने चालु तर्फ ३९,६०,०५,०००, पुजिगत तर्फ ४६,९८,४३,००० र वित्तीय व्यवस्थापन तर्फ १५,००,००० रहेको भीमेश्वर नगरपालिकाका आर्थिक प्रशासन प्रमुख जगदिश अर्यालले जानकारी गराउनु भएको थियो ।
भीमेश्वर नगरपालिकामा यो आर्थि बर्ष १,८४ वटा योजना उपभोक्ता समिति मार्फत सञ्चालन हुने छन भने ११ वटा योजना बोलपत्र अर्थात टेण्डर प्रक्रिया मार्फत सञ्चालन हुने सो अवसरमा जानकारी गराईएको थियो
उपभोक्ता समिति मार्फत सञ्चालन हुने १,८४ वटै योजनाका उपभोक्ता समितिको गठन भैसकेको सो असरमा जानकारी गराईयो भने उपभोक्ता समितिलाई अभिमुखिकरण समेत सम्पन्न भइसकेको पनि सो अवसरमा जानकारी गराईयो । अनुगमनका क्रममा सम्पुर्ण उपभोक्ता समितिको सम्झौता कार्तिक मसान्त भित्र सम्पन्न हुने समेत जानकारी गराईयो ।
बोलपत्र मार्फत सम्पन्न हुने योजनाहरु मध्य ४ वटाको बोलपत्र प्रकासित भइसकेको र बाँकिको कार्तिक मसान्त भित्र सम्पन्न भइसक्ने भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्काले जानकारी गराउनु भएको थियो ।
भीमेश्वर नगरपालिकामा हालसम्म ३१ वटा ऐन, कार्यविधि , कानुन जारी भएको र आवश्यकताका आधारमा थप जारी हुने सो अवसरमा नगरप्रमुख भरत के.सी. ले जानकारी गराउनु भएको थियो ।
जिल्ला समन्य समिति दोलखाका प्रमुख डबल पाण्डेले समयमै कार्यसम्पादनका लागि योजना बनाई सो अनुसार कार्यन्वयनमा लाग्नको साथै गरपालिकाले उद्देश्य किटानी गरेर लक्ष्य निर्धारण सहित काम गर्न सो अवसरमा सुझाव दिनु भएको थियो ।