चरिकोट, कातिक १८
दोलखामा तिव्र गतिमा बढ्दै गएको कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागी विभिन्न निणर्य गरिएको भएपनि जिल्लामा त्यसको पालना नहुँदा संक्रमण जोखिम उच्च देखिएको छ ।
सोमबार कोभिड १९ रोकथाम तथा नियन्त्रणको लागि चरिकोट बजार क्षेत्रमा भीमेश्वर नगरपालिका, दोलखा उद्योग वाणिज्य संघ, दोलखा चेम्बर अफ कमर्स र टोल सुधार समितिहरुको संयुक्त टोलि बनाइ एक दिने सचेतनामूलक कार्यक्रम गर्ने र सोको प्रचारप्रसार स्थानीय सञ्चार माध्यम मार्फत गर्न अनुरोध गर्ने निणर्य गरेको भए पश्चात सो दिन केही प्रचारका कार्यक्रम सम्पन्न भएका छन ।
तर स्वास्थ्य सूरक्षा मापदण्ड पालना सम्बन्धमा अनुगमन तथा निगरानी गरी मापदण्ड पालना नगर्ने व्यक्ति, उद्यमी व्यवसायी, यातायात साधनहरुलाई नेपाल प्रहरीले सजाय र जरिवाना गर्ने निणर्य गरेको भए पनि बजार भने निर्वाध रुपमा खुलेको छ ।
चरिकोट बजारको ट्राफिक व्यवस्थापन तथा पार्किङ सम्बन्धमा भीमेश्वर नगरपालिकाको संयोजनमा जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र सरोकारवाला समेतको सहभागीतामा छलफल गरी व्यवस्थित गर्ने निणर्य गरेको छ ।
तत्कालको लागि सिंगटी क्षेत्रतर्फ चल्ने यात्रुवाहक सवारी साधनले वीच बजारमा हाल तोकिएको स्थानमा चढाउने र ओराल्ने मात्र गरी सोको सट्टा टुडिखेल मुनी रोकी चढाउने ओराल्ने गर्ने व्यवस्था जिल्ला प्रहरी कार्यालयले ट्राफिक प्रहरीको समन्वयमा मिलाउने निणर्य गरेको छ ।
बजार क्षेत्रमा सामान लोड अनलोड गर्ने कार्य विहान ९ बजे अगाडि र साँझ ५ बजे पछि अन्य सवारी साधनको आवागमनमा अवरोध नहुने गरी मात्र गर्ने गराउने र मालवाहक सवारी साधनहरुले सिंगटी आवतजावत गर्दा माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाटो प्रयोग गर्ने निणर्य गरेको छ ।