चरिकोट, २४ मंसिर
दोलखामा बाली बीमा गर्ने कृषकको सङख्या शुन्य रहेको पाईएको छ ।सरकारले कृषकको लगानी सुरक्षित गर्न भन्दै बीमा कार्यक्रम लागू गरे पनि दोलखामा भन्ने एक जना कृषकले पनि बालि बीमा गर्न सकेका छैन् । जिल्लाको करिब ९० प्रतिशत जनसंख्या कृषिमा आधारित भएपनि अहिले सम्म बाली बीमा गर्नेको कृषकको सख्या भने शुन्य रहेको छ ।
जिल्लामा व्यावसायिक रुपमा नै तरकारी, फलफुल खेती हुने गरेको भएपनि बाली बिमा गर्ने कृषकहरुको संख्या भने शुन्य रहेको छ ।कृषि क्षेत्रलाई अघि बढाउने उद्देश्यले सरकारले २०६९ माघ १गतेदेखि बालि बिमा लागू गरेको भएपनि दोलखामा हाल सम्म एउटा पनि बालीको बिमा गरिएको तथ्याङ्क कार्यालयमा नरहेको प्रिमियर इन्सुरेन्स कम्पनी नेपाल लिमिटेड चरिकोट शाखाका शाखा प्रमुख पुरुषोत्तम थापाले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा २०७१ देखी कृषि तथा पशुबिमाका लागि कार्यालय सञ्चालनमा आएकोमा हाल सम्म कार्यालयमा एक जनाले पनि बाली बिमा गरेका छैनन् ।कृषि बीमा कार्यक्रम लागू गरे पनि सचेतनाका कार्यक्रम सञ्चालन नगर्दा कृषकलाई जानकारी नभएको हो ।
सरकारले कृषि बीमा कार्यक्रम अन्तर्गत कृषि तथा पशुको बीमा गर्दा लाग्ने शुल्कको ७५ प्रतिशत रकम ब्यहोर्ने भएता पनि यसबारे कृषकलाई थाहा नभएको दोलखाको मेलुङ गाउँपालिका वडा नम्वर १पवटीका कृषक कमलकान्त ओली वताउनुभयो । दोलखाको गौरीशंकर गाउँपालिकाको वडा नम्वर ८ खारेमा तरकारी खेती गरिरहेका नरेन्द्र जोसीले भन्नु भयो “यहाँ तरकारी खेती गर्ने कुनै पनि किसानले बीमा गरेका छैनन्। बीमा कहाँ गएर गर्ने र यसका लागि के के चाहिन्छ नै हामीलाई थाहा छैन, त्यसैले नगरेको हो।
कृषकहरुको परिश्रमलाई खेरा जान नदिन सरकारले बाली बीमाको पनि व्यवस्था गरेको हो । असिना, बाढी, पहिरो लगायतका कारणले बालीमा क्षति पुग्ने भएकाले पनि कृषकले बालि बीमा गराउन अनिवार्य हुन्छ ।कृषकलाई बिमा कार्यक्रममा सक्रिय सहभागी गराउने उद्देश्यले सरकारले प्रिमियममा लाग्ने कुल रकम मध्ये ७५प्रतिशत अनुदान सरकारले उपलब्ध गराउने नीति लिए पनि कृषकहरु बालि बिमाप्रति आकर्षित छैनन् ।२५ प्रतिशत बराबर शुल्क मात्रै कृषकले व्यहोर्नुपर्ने भएपनि जिल्लाका कृषकहरुले बालि बिमा गरेका छैनन् ।
कृषकहरुले भने जानकारी नहुनु, विमा गर्नका लागि प्रक्रिया झनझटीलो हुनु जस्ता कारण बालि बिमातर्फ चासो नदिएको बताएका छन् । जिल्लामा बाली बीमाको बारेमा कृषकहरुलाई सचेतना जगाउने र बिमा गर्ने प्रकृयाका बारेमा जानकारी गराउने कुनै पनी कृयाकलापहरु सम्बन्धीत निकायबाट हुन सकेको छैन ।