दोलखाको भिमेश्वर नगरपालिकामा नगरस्तरीय जोखिम हस्तान्तरण मार्गदर्शन निर्र्माण सम्वन्धी एक दिने कार्यशाला गोष्ठि सम्पन्न भएको छ । भीमेश्वर नगरपालिकाको आयोजना, युरोपियन युनियन मानविय सहायता विभागको आर्थिक सहयोग, संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रमको प्राविधिक सहयोग र स्थानीय साझेदार संस्था मानव अधिकार तथा सचेतन विकास केन्द्र, हुराडेक नेपाल दोलखाको साझेदारीमा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा नेपाल विमक संघको प्राविधिक सहजिकरण गरेको थियो । दोलखाको भिमेश्वर नगरपालिका वडा नं ३ र ६ मा सञ्चालित वहुप्रकोपिय जोखिममा रहेका नेपालका शहरी क्षेत्रमा विपद् जोखिम न्युनिकरण तथा आकस्मिक प्रतिकार्य क्षमता अभिवृद्धि परियोजना अन्र्तगत कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रतिनिधिहरु, वडा अध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधिहरु, नेपाल रेडक्रस, नगरपालिकाको वन वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक तथा नपरपालिका भित्र रहेका विमा कम्पनीहरु, भिमेश्वर नगरपालिकामा कार्यरत पशुसेवा कृषिसेवामा कार्यरत प्राविधिक लगाएतको सहभागिता रहेको थियो ।
भिमेश्वर नगरपालिका उपप्रमुख कमला वस्नेतको अध्यक्षतामा सुुरु भएको कार्यक्रममा विमा कम्पनी हरुको पोलिसी विषयमा विमा अभिकर्ताले सर्वसाधरण विमकलाई पुर्ण जानकारी नभएवापत चुनौती रहेको छ, यसलाई समाधान गर्न गोष्ठीले मार्गदर्शन निर्माण गरे पश्चात बीमा क्षेत्रमा ठुलो सहयोग पुग्ने भन्दै सवै सहभागिलाई सक्रिय सहभागि हुन अनुरोधका गर्नु भएको थियो ।
तालिममा भिमेश्वर नगरपालिकाले विमा कम्पनी र विमक संघसंग बीमा सहज गराउनको लागि गरेका पहलहरु, नीतिगत व्यवस्था र फिन्डमा देखिएका चुनौती आदिको वारेमा समहुगत छलफल भएको थियो । तालिमको सहजिकरण प्रशिक्षक दोर्ण प्रसाद आचार्य र सन्तोष पन्तले गर्नुभएको थियो । कार्यक्रमको समापनमा भिमेश्वर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत मान वहादुर खड्काले विमा गर्ने व्यक्तिले नगरपालिकामा सम्पती अनुसारको कर वुझाँउदा केही रकम थपेर संरचनाको वीमा समेत गराइदिनु पर्ने तर अझ यीकुराहरु अझैपनि लागु गर्न नसकेको सो गर्नको निमित्त विमा कम्पनीले पनि महत्वपुर्ण भुमिका निर्वाह गर्नु पर्नेकुरामा जोड दिनुभएको थियो । विमित पशुको पञ्जिकरण गर्नुपर्ने सफ्टवेर तयार गर्नमा समेत पहल गर्नुपर्ने धारणा राख्नुभएको थियो ।