चरिकोट, २८ पुस
नेपाल पत्रकार महासंघ जिल्ला शाखा दोलखाको दशौ साधारण सभा तथा नवौ जिल्ला अधिवेशन सम्पन्न भएको छ । महासंघको केन्द्रिय उपाध्यक्ष दिलिप थापा मगरको प्रमुख आतिथ्यतामा सोमबार चरिकोटमा साधारण सभा तथा जिल्ला अधिवेशन सम्पन्न भएको हो ।
महासंघको नवनिर्मित भवनको सभा कक्षमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ दोलखाका पूर्व अध्यक्ष एवं नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सञ्चार विज्ञ राजेन्द्र मानन्धरलाई सम्मान गरेको छ ।
महासंघ दोलखाले स्थापना गरेको विभिन्न विधाका चर पुरस्कार सहित ६ पुरस्कार समेत कार्यक्रमको अवसरमा प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ दोलखा शाखाका संस्थापक अध्यक्ष देवदास श्रेष्ठको स्मृतिमा स्थापना गरिएको देवदास स्मृति पुरस्कारबाट पत्रकार रविन्द्र गौतम, तत्कालीन जिल्ला विकास समिति दोलखाले स्थापना गरेको विकास पत्रकारिताबाट केदार शिवाकोटी, समाजसेवी माधवमणि राजभण्डारीले स्थापना गरेको इन्द्रमणि पत्रकारिता पुरस्कारबाट सिर्जना गोले, गणतान्त्रिक पत्रकारिता पुरस्कारबाट पत्रकार नवराज शिवाकोटी र सुजल पत्रकारिता पुरस्कारबाट पत्रकार विमला बुढाथोकी पुरस्कृति हुनु भएको छ ।
गणतान्त्रिक पत्रकारिता पुरस्कार वागमती प्रदेश सभा सदस्य पशुपति चौलागाईले स्थापना गरेको पुरस्कार हो भने सुजल स्मृति पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघका कार्यसमिति सदस्य महेन्द्र श्रेष्ठले स्थापना गरेको पुरस्कार हो ।
कार्यक्रमको अवसरमा नेपाल पत्रकार महासंघ दोलखाको संस्थागत विकासमा सहयोग गर्ने नेपाल पत्रकार महासंघ प्रदेश नं ३ का सल्लाहकार गिरीजा अधिकारी र नेपाल पत्रकार महासंघ दोलखाका पूर्व कोषाध्यक्ष रामचन्द्र गिरीलाई प्रसंसा पत्र प्रदान गरिएको छ ।
त्यसै गरि मेहरमान फाउण्डेशनले प्रदान गर्दै आएको हेमकृष्ण कुमारी प्रधान स्मृति महिला सम्मान राष्ट्रिय पुरस्कारबाट सर्लाहीकी मिनाकुमारी यादव पुरस्कृत हुनु भएको छ ।
नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महांसघका केन्द्रिय उपाध्यक्ष दिलिप थामामगर, संञ्चार मन्त्रालयका प्रेस विज्ञ राजेन्द्र मान्नधर, केन्द्रिय सचिव रामप्रसाद दाहाल, पुर्व न्यायाधिवक्ता मुक्ती प्रधान, नेपाल पत्रकार महासंघका पुर्व महासचिव ओम शर्मा, पुर्व केन्द्रिय सदस्य चिरञ्जीवि मास्के, वागमति प्रदेश उपाध्यक्ष यदु गौतम, जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे, भीमेश्वर नगरपालिकाका मेयर भरत बहादुर केसी, प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटी, सामुदायिक रेडियो प्रसारक संघका केन्द्रिय कोषाध्यक्ष लक्ष्मण खड्का, प्रदेश समिति सदस्य बद्री नयाँघरे, काभ्रे जिल्ला शाखा अध्यक्ष मोतिराम तिमल्सिना, रामेछाप शाखा अध्यक्ष रमेश ढुङ्गेल, प्रेस संगठन नेपालका केन्द्रिय सदस्य सरद सापकोटा, प्रेस युनियन वागमति अञ्चल विशेष क्षेत्र संयोजक रमेश खतिवडा, प्रेस युनियन दोलखाका अध्यक्ष दिपशंकर चौलागाई र प्रेस संगठन दोलखाका सहसंयोजक प्रभु जिरेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका छन् ।
साधारण सभाको वन्द सत्रले प्रगति तथा सांगठनिक प्रतिवेदन पास गरेको छ भने महासंघको आन्तरिक तर्फ २३ लाख र भवन निर्माणतर्फ ८७ लाख बरावरको आम्दानी खर्चको आर्थिक प्रतिवेदन पास गरेको छ ।