चरिकोट, ८ बैशाख
देश भर कोरोना अर्थात कोभिड १९ को संक्रमण बढीरहेको बेला दोलखामा पनि सर्तकता अपनाउन र महामारी विरुद्ध प्रतिकार्यका लागि स्थानीय तहहरुलाई तयारी सुरु गर्न जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले आग्रह गरेको छ ।
दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा बसेको डिसिसिएमसिको बैठकले जिल्लाका सबै स्थानीय तहहरुलाई गत बर्ष जस्तै गरी मापदण्ड पुरा भएको क्वारेनटाईन र आईसोलेसन कक्ष तयारी अवस्थामा राख्न आग्रह गरेको छ । यद्यपी बैठकले जिल्लाका विभिन्न विद्यालयहरुमा हुने पुर्व निर्धारित परिक्षा भने जनस्वास्थ्यका आवश्यक मापदण्ड पुरा गरी सञ्चालन गर्न दिने भनी निर्णय गरेको छ ।
बैठकले जिल्लाका सबै स्थानीय तहहरुलाई गत बर्ष जस्तै गरी मापदण्ड पुरा भएको क्वारेनटाईन र आईसोलेसन कक्ष तयारी अवस्थामा राख्न आग्रह गरेको छ ।
बैठक पछि प्रकाशित सूचना अनुसार मानिस भेला भई गर्नु पर्ने कार्यक्रम तथा खेलकुदका गतिविधिहरु भने बैशाख ९ गतेबाट बैशाख मसान्त सम्म बन्द गर्न अनुरोध गरेको छ । तर जिल्ला स्थित स्थानीय तहहरुमा भईरहेको राष्ट्रपति रनिङ सिल्डका खेलकुद भने दर्शक बिना जनस्वास्थ्यका मापदण्ड पुरा गरी सञ्चालन गर्न आग्रह गरेको छ ।
यसै गरी बैठकले जिल्ला स्थित मठ मन्दिर तथा धार्मिक स्थलहरुमा बैशाख मसान्त सम्म नित्य पुजा मात्र गर्न र सार्वजनिक स्थलमा हुने कुनै पनि कार्यक्रममा एक पटकमा २५ जना भन्दा बढी भेला नहुन आग्रह गरेको छ । बैठकले विवाह ब्रतबन्ध जस्ता धार्मिक कार्यक्रममा २५ जना भन्दा बढी सहभागी नहुन र होटल, पषल जस्ता व्यापारिक केन्द्रहरु भिडभाड नहुने गरी जनस्वास्थ्यका सबै मापदण्ड पुरा हुने गरी मात्र सञ्चालन गर्न आग्रह गरेको छ ।
यसै गरी बैठकले जिल्ला स्थित सरकारी तथा अन्य सार्वजनिक निकायलाई आफ्नो बार्षिक कार्ययोजना अनुसार गर्नु पर्ने बार्षिक कार्यक्रम, सभा सम्मेलन, तालिम, गोष्ठि, सेमिनार आदिलाई भर्चुअल माध्यमबाट सञ्चालन गर्न आग्रह गर्दै भौतिक उपस्थितीमा गर्नु पर्ने भएमा २५ जना भन्दा कमको सहभागितामा जनस्वास्थ्य मापदण्ड पालना हुने गरी मात्र सञ्चालन गर्न आग्रह गरेको छ ।
सबै सरकारी तथा सार्वजनिक सेवा प्रदान गर्ने निकायहरुले जनस्वास्थ्यको मापदण्ड पालना गर्न र सार्वजनिक यातायातहरुमा पनि स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ । बैठकले जिल्ला स्थित स्थानीय तहहरुलाई आफ्नो क्षेत्र भित्र सचेतना अभियान सञ्चालन गर्न, स्वाब परिक्षण तथा बिरामीहरुको उचित उपचारको व्यवस्थापनका लागि विभिन्न आग्रह गरेको छ ।
बैठकले जिल्लामा कोभिड विरुद्ध सचेतना अभियानका लागि सबै सरोकारवाला संघ संस्था तथा निकायहरुलाई बैसाख ९ गतेबाट एक हप्ता सम्म जिल्ला भर खोइ मास्क ? अभियान सञ्चालन गर्न समेत अनुरोध गरेको छ ।
बैठकको निर्णयको पुर्ण विवरण यस प्रकार छ ।