चरिकोट, १४ बैशाख
नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले ) दोलखाको विस्तारित जिल्ला कमिटी बैठक आज दोलखा सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ । बैठकले जिल्ला अधिवेशन आयोजक कमिटी र पालिका स्तरीय कमिटीको टुङ्गो लगाएको छ । जिल्लाभर बाट ठूलो संख्यामा उपस्थित भएका कार्यकर्ताको बीचमा एमाले जिल्ला अध्यक्ष इश्वरचन्द्र पाखरेलले जिल्ला अधिवेशन आयोजक कमिटी र पालिका स्तरीय कमिटीको नाम घोषणा गर्नु भएको थियो । कार्यक्रममा नेकपा एमाले वागमती प्रदेश कमिटीका सह इन्चार्ज काशीनाथ अधिकारीले पद तथा गोपनीयताको सपथ गराउनु हुँदै कोरोनाका कारण देश संकटग्रस्त भैरहेका बेला सुरक्षित किसिमले पार्टी गतिविधि गर्न कार्यकर्तालाई आग्रह गर्नु भयो ।
कार्यक्रममा राजनीतिक निकास, देशविकास र राष्ट्रियताका मुद्धामा केपी ओली नेतृत्वको नेकपा एमाले नै देशका लागि सही छनौट भएको र केही असन्तुष्ट नेता कार्यकर्तालाई पनि पार्टीमा समेटेर अघि बढ्न नेकपा एमाले वागमती प्रदेश अध्यक्ष आनन्द पोखरेलले अपिल गर्नु भएको थियो । त्यस्तै बैठकमा दोलखा जिल्ला इन्चाज तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले आफू नेकपा एमालेको दोलखा जिल्ला इन्चार्ज भएकाले पार्टीका सबै नेता कार्यककर्तालाई मिलाएर लैजान पहल गरिरहेको र एमालेको लाल किल्ला दोलखामा सदैव कायम रहीरहने कुरामा सबैलाई ढुक्क रहन आग्रह गर्नु भयो । विस्तारित बैठकलाई एमालेका नेता लालकुमार केसी, भीमेश्वर नगरपालिकाका मेयर भरत केसी, नेता नर बहादुर श्रेष्ठ लगायतले सम्बोधन गर्नु भएको थियो ।
बैठकले जिल्ला अध्यक्षमा इश्वरचन्द्र पोखरेल जिल्ला सचिवमा नर बहादुर श्रेष्ठ लाई जिम्मेवारी दिएको छ । यसै गरी पालिका तर्फ गौरीशंकर गापा इन्चार्जमा स्वयम बहादुर खड्का अध्यक्षमा जंग गुरुङ र सचिवमा देवराम बुढाथोकीलाई जिम्मेवारी दिएको छ ।
यसै गरी बैत्यश्वर गापा इन्चार्जमा ऋषिकेश उप्रेती, अध्यक्षमा माधव प्रसाद घिमिरे र सचिवमा माधव प्रसाद दहाललाई जिम्मेवारी दिएको छ । बैठकले तामाकोशी गाउँपालिका इन्चार्जमा जीवसराज खड्का अध्यक्षमा नारायणध्वज खड्का र सचिवमा होम बहादुर श्रेष्ठलाई जिम्मेवारी दिएको छ । उता मेलुङ गाउँपालिका इन्चार्जमा हीरा थोकर, अध्यक्षमा अम्बिका गोले र सचिवमा ललित बस्नेतले जिम्मेवारी पाउनु भएको छ भने शैलुङ गाउँपालिका इन्चार्जमा धन बहादुर तामाङ, अध्यक्षमा थिर बहादुर मोक्तान सचिवमा गणेश बहादुर कार्कीले जिम्मेवारी पाउनु भएको छ ।
भीमेश्वर नपा इन्चार्जमा हरिवंश चौलागाई अध्यक्षमा ज्ञानेन्द्र प्रधान र सचिवमा रामचन्द्र बस्नेतलाई जिम्मेवारी दिएको छ । बैठकले जिरी नगरपालिकाको इन्चार्जमा टपेन्द्र खड्का, अध्यक्षमा टंक ब. जिरेल र सचिवमा शम्भुप्रसाद दहाललाई तोकेको छ । उता कालिञ्चोक गापा इन्चार्ज विनकुमार थामी, अध्यक्षमा इश्वरी दहाल र होम थामीले जिम्मेवारी पाउनु भएको छ भने विगु गापा इन्चार्जमा सुन्दर विक अध्यक्षमा टेकमान तामाङ र सचिवमा लोक बहादुर नेपालीले जिम्मेवारी पाउनु भएको छ ।