चरिकोट, २४ जेठ
बढ्दो शहरीकरणका कारण शहरी क्षेत्रमा आगोलागीबाट हुनसक्ने क्षतीलाई न्युनिकरण गर्नका लागि चरिकोट बजारमा फायर हाईड्रेन्ट जडान गरिएको छ ।आगोलागी नियन्त्रणका लागि चरिकोट बजारको सातदोवाटो चोक देखि बीचबजारतर्फ विभिन्न पाँच स्थानहरुमा फायर हाईड्रेन्ट जडान गरिएको हो ।
फायर हाईड्रेन्ट मोटरका साथ पैतिस हजार लिटर क्षमताको अन्डर ग्राउन्ड ट्याङ्की सातदोवाटोस्थित भीमेश्वर नगरपालिकाको बहुउद्धेशीय भवनमा रहेको छ भने सातदोवाटो चोक देखि वीचवजार तर्फ करीब तीन सय २४ मिटरको दुरीसम्म ५ स्थानमा फायर हाईड्रेन्ट जडान गरिएको भीमेश्वर नगरपालिकाका विपद् सम्र्पक व्यक्ति तथा ईन्जिनियर सुरेश राउतले जानकारी दिनु भयो ।
भीमेश्वर नगरपालिका र यूरोपेली युनियन मानवीय सहायता विभाग को आर्थिक सहयोग तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) नेपालको प्राविधिक सहयोगमा मानवअधिकार सचेतन् तथा विकास केन्द्र (हुराडेक) नेपाल दोलखाले सञ्चालन गर्दै आएको बहुप्रकोपिय जोखिममा रहेका नेपालको शहरी क्षेत्रमा विपद् जोखिम न्युनिकरण तथा आकस्मिक प्रतिकार्य क्षमता अभिवृद्धि परियोजना अन्र्तगतको संयुक्त साझेदारीमा उक्त जडान कार्य सम्पन्न भएको छ ।
भीमेश्वर नगरपालिका वडा नं ३ र ६ मा पर्ने मुख्य बजार चरिकोटस्थित सातदोवाटो चोक देखि वीचवजारतर्फ विभिन्न पाँच स्थानहरुमा फायर हाईड्रेन्ट जडान गरिएको छ । फायर हाईड्रेन्ट मोटरका साथ पैतिस हजार लिटर क्षमताको अन्डर ग्राउन्ड ट्याङ्की सातदोवाटोस्थित भीमेश्वर नगरपालिकाको बहुउद्धेशीय भवनमा रहेको छ भने सातदोवाटो चोक देखि वीचवजार तर्फ करीब तीन सय २४ मिटरको दुरीसम्म ५ स्थानमा फायर हाईड्रेन्ट जडान गरिएको भीमेश्वर नगरपालिकाका विपद् सम्र्पक व्यक्ति तथा ईन्जिनियर सुरेश राउतले जानकारी दिनु भयो ।
चरिकोट बजारमा मुख्य घना वस्ती भएको साथै अव्यवस्थीत शहरीकरण र अव्यवस्थीत विद्युतिय तार लगायतका कारण आगलागीको मुख्य जोखिम रहने गरेको छ । आगलागी लगायतका विपद् जोखिमका घटनाहरुको कारणबाट हुने क्षती न्युनिकरण होस भन्ने उद्धेश्यका साथ भीमेश्वर नगरपालिकाको वडा नं. ३ र ६ का टोल विकास संस्था, युवा समुह, नेपाल रेडक्रस, नेपाल स्काउट र आमा समुहरुको प्रतिनिधी सम्मिलित समुदायस्तरीय विपद प्रतिकार्य टोलीका सदस्यहरुलाई अग्नी नियन्त्रण सम्वन्धी तालिम प्रदान गरिए पछि फायर हाईड्रेन्ट जडान गरिएको हो । यदि कुनै कारणबस आगलागी भईहालेमा तालिमप्राप्त स्वयंसेवक टोलील नैे फायर हाईड्रेन्ट प्रयोग गरी आगलागि नियन्त्रण गर्न सक्ने र दमकल टोलीलाई समेत सहयोग गर्नसक्ने कुरा हुराडेक नेपाल दोलखाका अध्यक्ष उद्धव प्रसाद पोखरेलले बताउँनु भयो ।
फायर हाईड्रेन्ट स्टेसन निर्माण पछि आपतकालिन अवस्थामा दमकलमासमेत पानी भर्न सकिने र विगतका दिनहरुमा जस्तो चरङ्गे लगायतका अन्यत्र स्थान जान नपर्ने भएको छ जसका कारण समय बचत भई आगलागीका कारण हुने थप क्षती न्यूनीकरण हुने भएको छ । विगत ३० वर्ष यताका आगलागीका घटनाक्रम, संकटासन्नता क्षमता विश्लेषण (भिसिए) प्रतिवेदन र ऐतिहासिक घटनाक्रमको आधारमा हेर्ने हो भने वडा नं ३ मा २५ र वडा नं ६ मा १३ वटा ठुला तथा साना आगलागीका घटना हुँदा १ को मृत्यु ४ घाईते भएको तथ्याङ्क रहेको संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका नगर प्राविधिक प्रमुख भेष बहादुर पराजुली बताउँनुहुन्छ । आगलागीको घटनाले मानवीय भन्दा भौतिक तथा आर्थिक क्षति धेरै गरेको प्रतिवेदनमा पाईएको छ । त्यसैले आगामी दिनमा यस्ता घटना फेरी नदोहोरियोस् भनेर फायर हाईड्रेन्ट जडान गरिएको पराजुलीले बताउँनु भयो ।
फायर हाईड्रेन्ट जडानका लागि अनुमानित लागत २२ लाख २३ हजार ४ सय २३ खर्च भएको जसमा १ लाख ८६ हजार चार सय ८८ रुपैयाँ भीमेश्वर नगरपालिकाको लागत सहयोग र बाँकी परियोजनाको तर्फबाट खर्च गरिएको हुराडेक नेपालका कार्यक्रम सहयोग अधिकृत राजेश भट्टराईले जानकारी दिनु भयो । उक्त फायर हाईड्रेन्ट जडान कार्यको प्राविधिक काम भने सुपर एम. ई. पि. ईन्टरप्राईजेज, कौशलटार ले सम्पन्न गरेको हो ।