संक्रिय संक्रमितको संख्या
चरिकोट, ३१ असार
दोलखामा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । भीमेश्वर नगरपालिका वडा नम्बर २ राम्पामा बस्दै आउनुभएकी ७२ वर्षिया वृद्धाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
कालिञ्चोक गाउँपालिका वडा नम्बर ८ स्थायी घर भई हाल भीमेश्वर नगरपालिका वडा नम्बर २ राम्पा स्थित छोरीको घरम बस्दै आउनुभएकी ७२ वर्षिया वृद्धालाई २३ गते संक्रमण पुष्टि भएको थियो ।
उपचारका लागि मंगलबार चरिकोट अस्पतालमा भर्ना गरिएकामा उहाँको उपचारकै क्रममा हिजो बेलुकी ७ बजे मृत्यु भएको भीमेश्वर नगरपालिकाका स्वास्थ्य संयोजक श्याम खड्काले जानकारी दिनुभयो ।यो संगै जिल्लामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १० जना पुगेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
दोलखामा आज थप ४० जनामा कोरोना संक्रमण पुष्टि
दोलखामा आज थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज चरिकोट अस्पतालको पिसिअर ल्याबमा ४८ जनाको स्वाब परिक्षण गरिएकामा ३१ जना र स्थानीय तहमा १४ जनाको एन्टिजिन परिक्षणमा गरिएकामा ९ जना गरि ४० जनामा संक्रमण पुष्टि भएको हो ।
आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा सबैभन्दा धेरै १३ पुरुष र ४ महिला गरि १७ जना भीमेश्वर नगरपालिकाको रहेको स्वास्थ्य कार्यालय दोलखाले जनएको छ । त्यसैगरी कालिञ्चोक गाउँपालिकाका ४ पुरुष र २ महिला गरि ६ जना, तामाकोशी गाउँपालिकाका ८ पुरुष र ३ महिला गरि ११ जना, मेलुङ गाउँपालिकाका एक महिला, बैतेश्वर गाउँपालिकाका एक पुरुष र एक महिला गरि २ जना, शैलुङ गाउँपालिकाका एक महिला, विगु गाउँपालिकाका एक महिला र गौरीशंकर गाउँपालिकाका एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।
संक्रमित मध्य चरिकोट अस्पतालमा एक जना हाइ डिपेन्डेन्सी युनिटमा छन् भने सिंगटी अस्पतालमा १३ जना, जिरी अस्पतालमा एक जना र तामाकोशी अस्थाई कोभिड अस्पतालमा एक जना आइसोलेशन वार्डमा उपचाररत रहेका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार दोलखामा हाल संक्रिय संक्रमितको संख्या तिन सय ३४ रहेको छ । हाल सम्म एक हजार ९ सय ८७ जना निको भएका छन भने १६ जना विभिन्न अस्पतालमा उपचाररत छन् । यसै गरी दोलखामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।