चरिकोट, १९ असार
दोलखामा ९ दिनको अवधिमा २ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा साउन १० गतेदेखि १८ गते आजसम्म पिसिआर र एन्टिजिन विधिमार्फत ४ सय ४१ जनाको परिक्षण गरिएकामा २ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
जसमा भीमेश्वर नगरपालिकाका २ सय २८ जनामा परिक्षण गर्दा १ सय २९, जिरी नगरपालिकाका ४५ जनामा परिक्षण गरिएकामा १८ जना, कालिञ्चोक गाउँपालिकाका ६८ जनाको परिक्षण गरिएकामा ३१ जना, गौरीशंकर गाउँपालिकाका ४ जनाको परिक्षण गरिएकामा एक जना, विगु गाउँपालिकाका १२ जनाको परिक्षण गरिएकामा ६ जना, तामाकोशी गाउँपालिकाका ४२ जनाको परिक्षण गरिएकामा २३ जना, शैलुङ गाउँपालिकाका १६ जनामा परिक्षण गरिएकामा १२ जना, मेलुङ गाउँपालिकाका ९ जनामा परिक्षण गरिएकामा ५ जना र बैतेश्वर गाउँपालिकाका १३ जनामा परिक्षण गरिएकामा ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
जिल्लामा साउन १० देखि आजसम्म सबैभन्दा धेरै १५ गते ८७ जनामा कोरोना परिक्षण गरिएकामा ५१ जनामा पोजेटिभ देखिएको थियो । चरिकोट अस्पतालमा रहेको पिसिआर ल्याब र जिल्लाको ९ वटै स्थानीय तहमा एन्टिजिन विधिमार्फत गरिएका परिक्षणमा १० गते ९९ जनाको परिक्षण गरिएकामा ५० जनामा, ११ गते ६३ जनामा परिक्षण गरिएकामा ३४ जना, १२ गते २७ जनामा परिक्षण गरिएकामा १९ जना, १३ गते ६६ जनामा परिक्षण गरिएकामा २६ जना, १४ गते ३९ जनामा परिक्षण गरिएकामा १५ जना, १७ गते ६० जनामा परिक्षण गरिएकामा ३४ जनामा र १८ गते आज ६० जनामा परिक्षण गरिएकामा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
जिल्लामा निषेधाज्ञा जारी भएपनि आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्दा पछिल्ला दिनहरुमा कोरोना संक्रमित हुनेहरुको संख्या बढ्दै गइरहेको छ । यसअघि हिजो स्वास्थ्य कार्यालय दोलखाले अपिल जारी गर्दै पछिल्ला दिनहरुमा कोभिड १९ संक्रमण बढ्दो क्रममा रहेकाले सावधानीका उपाय अपनाउन जिल्लाबासी सबैलाई आग्रह गरेको छ ।