दोलखा, ०९ भदौ
कोरोना संक्रमण बढेको भन्दै स्थानीय प्रशासनले दोलखा सदरमुकाम चरिकोटको लागि मात्र जारी गरेको निशेधाज्ञा केही खुकुलो बनाउदै जिल्ला भर अर्को अनिश्चितकालीन निशेधाज्ञा जारी गरेको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र डिसिसिएमसिको बुधबार बसेको बैठकले कोरोना संक्रमण नघटेको भन्दै सरकारले तोकेको मापदण्ड पालना गरी दोलखा जिल्ला भर साँझ ८ बजे सम्म मात्र बजार खुल्ला हुने भएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले जारी गरेको सूचना अनुसार जिल्लामा कुनै पनि सभा सम्मेलन गर्न, विद्यालय सञ्चालन गर्न र धार्मिक स्थाल खुल्ला गर्नुका साथै भीड हुने गरी धार्मिक तथा सास्कृति कार्यहरु गर्न भने पुर्णरुपमा रोक लगाईएको छ ।
जिल्लामा आवश्यक स्वास्थ्य मापदण्ड पुरा गरी निजी तथा सार्वजनिक यातायाताका साधान भने सञ्चालन गर्न पाईने भएको छ ।
सूचनामा सेग्राहीको संख्या धेरै हुने जिल्लाका सार्वजनिक निकाय, सरकारी कर्याललय, बैंक तथा वित्तिय संस्थाहरुले गाउँपालिकागत रुपमा आलोपालो मिलाई सेवा प्रवाह गरि भिडभाड हुन नपाउने ढंगले स्वास्थ्य मापदण्ड तोकि सेवा प्रवाहको प्रवन्ध मिलाउन भनिएको छ ।
जारी सूचनामा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठि, तालिम, सेमिनर, सिनेमा हल, विद्यालय तथा क्याम्पस, पार्टी प्यालेस, सपिङ मल, मनोरञ्जन स्थल, सैदुन ब्युटि पार्लर, हेल्थक्लब, फुटबल, जिमखाना, पुस्तकालय, खेलमैदानमा हुने खेलकुद र मानिसहको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम सञ्चालन गर्न नपाइने उल्लेख गरिएको छ ।
यसै गरी विवाह, ब्रतवन्ध, दिवाली, कुलपुजा वा धार्मिक, सामजिक वा सांस्कृतिक क्रियाकलाप पर्व, कार्य वा उत्सव अर्को आदेश नभए सम्मका लागि गर्न नपाइने जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।