चरिकोट, ६ कातिक
शुक्रबार भीमेश्वर नगरपालिकाका मेयर भरत के.सी.को ब्यस्तता निक्कै बढ्यो । मेयर के.सी.दिन भर नगरपालिकाको आपतकालिन सञ्चालन केन्द्र मार्फत मातहतका विभिन्न निकायलाई निर्देशन गर्ने र विभिन्न समितिको बैठक आयोजना गर्ने कार्यमा ब्यस्त हुनु भयो ।
शुक्रबार दोलखाको सुनखानी केन्द्रविन्दु भई ६ रेक्टरको भूकम्प गए पछि मेयर भरत के.सी.को ब्यस्तता बढेको हो । भूकप्प पश्चात खोज तथा उद्धारका लागि सुरक्षा कर्मी सहितको खोज तथा उद्धार टोली परिचालन गर्ने देखी नगर स्तरिय विपद् ब्यवस्थापन समितिको बैठक आयोजना गरी खोज उद्धार सँगै राहत वितरण र पुर्नस्थापना अनि पुर्ननिर्माणका लागि योजना निर्माण कार्यमा मेयर के.सी व्यस्त रहनु भयो । भुकम्प र आगलागीको घटनामा आधारित कृतिम घटना अभ्यासका क्रममा शुक्रबार मेयर के.सी सँगै भीमेश्वर नगरपालिका सबै टिम र अन्य सम्बन्धित सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि कृतिम घटना अभ्यासमा सहभागी भई आ–आफ्नो भूमिका निर्वाह गरेका थिए ।
गौरीशंकर बहुमुखी क्याम्पस परिसरमा आयोजना गरिएको कृतिम घटना अभ्यास कार्यक्रममा भूकम्प र आगोलागी पश्चात देखिने दृष्य, नगर स्तरिय आपकालिन सञ्चालन केन्द्रको सञ्चालन प्रक्रिया, सुरक्षाकर्मीहरुको भूमिका, विभिन्न समितिहरुको सक्रियता, खोज तथा उद्धार गर्ने तरिका, घाईतेको उपचार, शवहरुको व्यवस्थापन, राहत वितरणमा प्रक्रिया, प्रभावितहरुको सुरक्षाका साथै विपद्को बेला महिला तथा वालवालिकामाथी हुने सक्ने हिंसा न्युनिकरणका तरिका, नेपाल रेडक्रस सोसाईटीको भूमिका, निजी क्षेत्रको संलग्नता, आम सञ्चार माध्यमको भूमिका, लगायतको बारेमा अभ्यासको प्रर्दशनी गरिएको थियो । युरोपेली युनियनको आर्थिक सहयोगमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएडीपी) नेपालको प्राविधिक सहयोगमा स्थानीय नागरिक संस्था मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपाल दोलखाको सहजीकरणमा सञ्चालित शहरी विपद् जोखिम व्यवस्थापन कार्यक्रमको सहकार्यमा भीमेश्वर नगरपालिकाले कृतिम घटना अभ्यास कार्यक्रम आायोजना गरेको हो ।
कृतिम घटना अभ्यास कार्यक्रममा मेयर के.सी. सँगै उप प्रमुख कमला बस्नेत, प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्का लगायत शाखा प्रमुख पनि सक्रियता पुर्वक सहभागी हुनु भएको थियो भीमेश्वर नगरपालिको शहरी लगायत अन्य क्षेत्रमा भूकम्प तथा आगोलागीका कारण हुन सक्ने क्षतिलाई गर्नका लागि सचेत गर्नुका साथै विपद्का बेला नगरपालिका स्तरिय आपतकालीन सञ्चालन केन्द्र सञ्चालन र अन्य सबै निकायहरुले सहज र प्रभावकारी कार्य गर्न सिप विकास गर्ने उद्धेश्यले घटना अभ्यास कार्यक्रम आयोजना गरिएको शहरी बिपद् जोखिम व्यवस्थापन परियोजनका परियोजना सहयोग अधिकृत राजेश भट्टराईले जानकारी दिनु भयो ।
विपद्को बेला अग्रपंक्तिमा रहेर काम गर्ने सुरक्षा निकाय र समुदायका समेतको प्रभावकारी सहभागितामा कृतिम घटना अभ्यास सम्पन्न गरिएकोले भोली विपद्को बेलामा समेत ति निकायहरुले प्रभावकारी कार्य गर्ने परियोजना सहयोग अधिकृत राजेश भट्टराईले जानकारी दिनु भयो । कृतिम घटना अभ्यास कार्यक्रमको सहजीकरण नेपाल रेडक्रस सोसाईटीका सन्तोष न्योपाने र रबिन दाहालले गर्नु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै भीमेश्वर नगरपालिकाका मेयर के.सी.ले विपद् वा प्रकोपको बेला समुदाय र सरोकारवाला निकायको सक्रिया परिचालनको लागि कृतिम घटना अभ्यासले सहयोग गर्ने बताउँनु भयो । विपद् कतिबेला आउँछ त्यो थाहा नहुने भएकोले बिपद् प्रतिकार्यका लागि सधै तयारी अवस्थामा रहनु पर्ने मेयर के.सी.ले बताउँनु भयो ।
यसै गरी कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले विपद् प्रतिकार्य र विपद् जोखिम न्युनिकरणका लागि स्थानीय तहहरु जुट्नु पर्ने बताउँनु हुदै विपद् जोखिम न्युनिकरणका लागि बजेट विनियोजन गरी आवश्यक कार्यक्रम सञ्चालनका लागि स्थानीय तहहरुलाई आग्रह गर्नु भयो ।