११ कातिक, चरिकोट
राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा दोलखा जिल्लामा कार्यरत मानव रक्षक र सञ्चारकर्मीहरुको लागि मानव अधिकार सम्वन्धि अभिमुखीकरण कार्यक्रम दोलखा सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ ।
अभिमुखीकरण कार्यक्रममा दोलखा जिल्लाको मानव अधिकार कार्यन्वयनको अवस्था र मानव अधिकार आयोगको भूमिकाका साथै आयोगद्धारा सञ्चालित गतिविधिका बारेमा छलफल भएको थियो । कार्यक्रममा आर्थिक सामाजिक, सास्कृतिक अधिकार र सिमान्तकृत वर्गको अधिकार संरक्षणमा मानव अधिकार रक्षक र सञ्चारकर्मीको भूमिकाबारे पनि छलफल भएको थियो ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका प्रवद्र्धन तथा वकालत महाशाखा प्रमुख दिपेन्द्रबहादुर सिंह र सामुहिक अधिकार महाशाखा प्रमुख हरि क्षवालीले मावन अधिकार संरक्षणमा मानव अधिकार आयोग, सरकार र नागरिक समाजको भूमिकाबारे प्रस्तुति गर्नु भएको थियो । कार्यक्रममा सहभागी जिल्लाका मानव अधिकारकर्मी र सञ्चारकर्मीहरुले जिल्लाको मानव अधिकारको अवस्थाका बारेमा राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण समेत गराएका थिए ।
कार्यक्रममा प्रेस काउन्सिलका सदस्य तथा नागरिक अगुवा चिरञ्जीवी मास्केले जिल्लाको मावन अधिकारको अवस्थाबारे बताउँनु हुँदै सात बर्ष सम्म पनि मुढे चरिकोट सडक पुर्ननिर्माण हुन नसक्दा दोलखाका नागरिकहरुको सबै खाले मावन अधिकार हनन् भएको भन्दै शिघ्र रुपमा सडक निर्माणका लागि आयोगको ध्यानाकर्षण गराउनु भयो ।
यसै गरी कार्यक्रममा नेपाल वार एशोसिएसन दोलखामा अध्यक्ष सरोज उप्रेती, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष जीवन लामा, सचिव दिलबहादुर के.सी., हुराडेक नेपाल दोलखाका परियोजना संयोजक शेरबहादुर भुजेल लगायतले जिल्लाको समग्र मानव अधिकारको अवस्थाका बारेमा मन्तब्य राख्नु भएको थियो ।