चरिकोट, २२ फागुन
नेपाल निजामती कर्मचारी संगठन दोलखाको १२ औं जिल्ला अधिवेशनले नयाँ नतेृत्व चयन गरेको छ । पेशागत महासंघ नेपालसँग आवद्ध निजामती कर्मचारीहरुको राष्ट्रियस्तरको ट्रेड यूनियन संगठनको जिल्ला अधिवेशन नेकपा एमाले पोलिटव्यूरो सदस्य आनन्द प्रसाद पोखरेलको प्रमुख आतिथ्यता र विमल श्रेष्ठको अध्यक्षतामा भएको थियो । जिल्ला अधिवेशनले पृथ जिरेललाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ ।
जिरेलको अध्यक्षतामा रामबहादुर विश्वकर्म र गौरी कार्की उपाध्यक्ष, गंगा रिमाल सचिव, शंकर सापकोटा सहसचिव, छत्रबहादुर कटुवाल कोषाध्यक्ष र सदस्यहरुमा क्रमशः नारायण सुवेदी, रामकृष्ण खड्का, राष्ट्र कुमार श्रेष्ठ, वेद प्रसाद सापकोटा, बासु थापा, आङ्लकु शेर्पा, मुकुन्द भण्डारी, कमल प्रसाद चौलागाई, बाबुराम खतिवडा, कविता ढुंगेल, सरोज आचार्य, प्रशान्त लामा, युवराज केसी र गीता महत चयन हुुनु भएको छ ।
सोही अधिवेशनले विमल कुमार श्रेष्ठ, शान्ति प्रसाद न्यौपाने, प्रतिभा भट्टराई र शमशेर बहादुर अधिकारी केन्द्रीय प्रतिनिधि चयन भएको छ । त्यस्तै देवीदत्त घिमिरे, इश्वर खड्का, सानुमैया खड्का र रत्नबहादुर थामी प्रदेश प्रतिनिधि चयन गरिएको निर्वाचन समितिले जानकारी दिनुभयो । निर्वाचित अध्यक्ष पृथ जिरेल जिरी नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत हुनुहुन्छ ।