अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर दोलखामा महिला नेतृत्व र शिक्षा अधिकार सुनिश्चितता विषय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
एक सय १२ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर हुराडेक नेपाल दोलखाले सञ्चालन गर्दै आएको पारस्परिक जवाफदेहिता परियोजना सहित शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र महिला अधिकार मञ्चले आयोजना गरेको कार्यक्रममा स्थानीय सरकारले निर्माण गरेका कानुनहरु प्रभावकारी ढंगले कार्यन्वनय हुन नसक्दा महिलाले उचित लाभ प्राप्त गर्न नसकेको दोलखाका स्थानीय जनप्रतिनिधहरुले स्विकार गरेका छन् ।
कार्यक्रममा विशेष अतिथिको रुपमा सहभागी हुनु भएकी कालिञ्चोक गाउँपालिकाकी उपाध्यक्ष कालिका पाठकले महिलामैत्री कानुन निर्माण भए पनि प्रभावकारी कार्यन्वयनमा आउन नसक्दा समग्र महिलाहरुले फाइदा पाउन नसकेको बताउँनु भयो । सो अवसरमा उपाध्यक्ष पाठकले प्रमुख पदहरुमा महिला पुर्याउनका लागि मानसिकतामै परिवर्तन हुनु पर्नेमा जोड दिनु भयो । सो अवसरमा पाठकले जिम्मेवारी पाएमा महिलाहरुले जस्तो सुकै कार्य पनि पुरा गर्न सक्ने उल्लेख गर्नु भयो । पाठकले महिलालाई दया होइन अवसरका खाचो रहेको बताउँनु भयो ।
यसै गरी कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुनु भएका भीमेश्वर नगरपालिकाकी उप प्रमुख कमला बस्नेतले स्थानीय सरकारहरुले सामाजिक विकासमा भन्दा भौतिक पुर्वाधार विकासमा बढी ध्यान दिएकोले स्थानीय सरकारहरु महिलामैत्री हुन नसकेको टिप्पणी गर्नु भयो । सो अवसरमा वहाँले अन्य विकास भन्दा सामाजिक विकासको क्षेत्र ओझेलमा परेको बताउँनु भयो । कार्यक्रममा उप प्रमुख बस्नेतले स्थानीय सरकारको योजना छनोट गर्ने प्रक्रिया सुरु भई सकेकोले चनाखो हुन महिलाहरुलाई आग्रह गर्नु । योजना छनोट प्रक्रियामा सहभागी भई आफ्ना आवश्यकता आधारमा कार्यक्रम माग गर्न पनि उप प्रमुख बस्नेतले सो अवसरमा आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा शिक्षा लागि राष्ट्रिय अभियान दोलखाका विनिता शिवाकोटीले दोलखामा महिला अधिकार र शिक्षा अधिकार सुनिश्चितता विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यपत्र प्रस्तुत गर्दै शिवाकोटीले अझै पनि सरज र सरल ढंगले शिक्षामा किशोरी तथा महिलाहरुको पहुँच पुग्न नसकेको उल्लेख गर्नु हुँदै संविधानले दिएको मौलिक हक समेत कार्यन्वयन हुन नसकेको बताउँनु भयो । सो अवसरमा शिवाकोटीले दोलखाका ७४ वडामा ७४ जना महिला सदस्य, ७३ दलित महिला सदस्य, नौ स्थानीय तहमा सात जना महिला उपप्रमुख र जिल्ला समन्वय समितिमा उपप्रमुख सहित चार जना निर्वाचित भएको उल्लेख गर्नु हुँदै यसलाई महिला आन्दोलनको महत्वपूर्ण उपलब्धिका रुपमा लिन सकिने बताउँनु भयो ।
सो अवसरमा शिवाकोटीले दोलखाका तिन सय ३९ सामुदायिक विद्यायलय मध्ये ७३ जना महिला प्रधानाध्यापक रहेका ५ सय सहकारीमध्ये महिला अध्यक्ष भएका ४० सहकारी जानकारी दिनु हुँदै जिल्लामा १२ सय महिला स्वयंसेवक रहेका भए पनि जिल्लामा रहेका राजनीतिक दलमध्ये जिल्ला स्तरका पदाधिकारीमा एक जना मात्रै महिला प्रतिनिधि रहनु राजनीतिमा अझैपनि महिलाको पहँच पुग्न नसकेको बताउँनु भयो । कार्यक्रम महिला अधिकार दोलखाकी अध्यक्ष मेनुका सुवेदीका अध्यक्षतामा सम्पन्न भएको थियो ।