चरिकोट १२ बैशाख
तामाकोशी गाउँपालिका वडा नम्बर २ झुलेको वडा अध्यक्षका लागि स्वतन्त्र उम्मेद्धवारी दर्ता भएको छ । नेपाली काँग्रेस दोलखाले जनभावना विरुद्ध झुलेका सभापति प्रकाश पाख्रिनलाई टिकट दिएको आरोप लगाउदै क्षेत्रीय प्रतिनिधिहरुको सहयोगमा काँग्रेस नेता इश्वर कार्कीले स्वतन्त्र उम्मेद्धवारी दर्ता गराएका हुन् ।
गाउँ पार्टी समितिको निर्णयलाई बेवास्था गर्दै पार्टी सभापति लामाले एकलौटी रुपमा निर्णय गरेर पाख्रिनलाई टिकट दिएको भन्दै असन्तुष्ट बनेका झुलेका नेता तथा कार्यकर्ताहरुले कार्कीलाई अघि सारेका हुन् ।
कार्कीसहित खुला वडा सदस्यहरुमा पार्टीका पूर्वसभापति नानीकाजी तामाङ र कृपध्वज कार्कीले उम्मेद्धारी दर्ता गराएका छन् । यस्तै महिला सदस्यमा इन्दिरा कार्की र दलित सदस्यमा संगीता विकले उम्मेद्धवारी दर्ता गराएका हुन् ।
स्वतन्त्र उम्मेद्धवारहरुलाई महाधिवेशन प्रतिनिधि भवेन्द्र कार्की, तामाकोशी गाउँपालिकाका उपसभापति बरुण पाख्रिन, सचिव राजेन्द्र योञ्जन, सहसचिव सुवास कार्की, वडा उपसभापति नेत्रबहादुर काफ्ले, वडासचिव अविदित कार्की, सचिव सुजन कार्की, सहसचिव संजिव कार्की, कोषाध्यक्ष ललितबहादुर कार्की, पार्टीका पूर्वसभापति रामबहादुर कार्की, तरुण दलका पूर्वअध्यक्ष पेमा योञ्जनले समर्थन गरेका छन् ।
यस्तै क्षेत्रीय प्रतिनिधिहरु अच्यूत कार्की, केशव काफ्ले, प्रदिप मोक्तान, धनबहादुर योञ्जन, शैलेश कार्की, शारदा काफ्ले, विरेन्द्र राउत, विनोद कार्की, संगिता विक, बेनुका कार्की, हिमाल कार्की, पुस्कर सुनुवारको समर्थन रहेको छ ।