चरिकोट, २२ बैशाख
दोलखामा ३३ जना स्वतन्त्र सहित ७३ जना पालिका प्रमुख पदको लागि चुनावमा जाँदै हुनुहुन्छ । जिल्लामा दुई नगरपालिका सहित सात गाउँपालिका गरी नौ वटा स्थानीय तहका लागि ९ जना पालिका प्रमुख, अध्यक्ष पदका लागि ७३ जनाले प्रमुख पदको दाबी सहित स्वतन्त्र र विभिन्न दलहरुबाट चुनाव लड्ने भएको हो ।
दोलखाको कालिन्चोक गाउँपालिकामा ६ जना स्वतन्त्र सहित १० जनाले पालिका अध्यक्षको पदमा र तीन जनाले उपाध्यक्ष पदमा चुनाव लड्ने भएको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ । पालिकामा स्वतन्त्र उम्मेदवरहरुमा ईश्वर बहादुर थापा, जित बहादुर थामी, ओमकृष्ण भण्डारी, राम बहादुर आछामी, गणेश शिवाकाटी, गोकुल शिवाकोटी रहनुभएको छ भने नेपाली कांग्रेको तर्फबाट अर्जुन प्रसाद शिवाकोटी, नेकपा एमालेको तर्फबाट गणेश शिवाकोटी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भानुभक्त शिवाकोटी, जनता समाजवादी पार्टी नेपालबाट नानु थामी रहनुभएको छ । उपाध्यक्षमा नेकपा एमालेको तर्फबाट कविता थामी, माओवादी केन्द्रबाट कुल बहादुर बुढाथोकी र जनता समाजवादी पार्टीको तर्फबाट सोनाम शेर्पा चुनावी मैदानमा हुनुहुन्छ ।
त्यसैगरी गौरीशंकर गाउँपालिकामा चार जना स्वतन्त्रसहित आठ जनाले पालिका अध्यक्ष पदमा र तीन जनाले उपाध्यक्ष पदमा दाबी गरेको छ । जसअनुसार अध्यक्ष पदमा स्वतन्त्रबाट किशोर कुमार गुरुङ, अप कुमारी श्रेष्ठ, प्रशान्त कार्की र संजय खड्का रहुनभएको छ भने नेकपा एमालेको तर्फबाट जंग गुरुङ, मंगोल नेशनल अर्गनाइजेशनबाट सरोजमान तामाङ, माओवादी केन्द्रबाट विश्वास कार्की, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लाल बहादुर खड्का हुनुहुन्छ । उपाध्यक्षमा नेकपा एमालेको तर्फबाट मुना शिवाकोटी, राष्ट्रिय प्रजातन्त्रबाट यसोदा पाठक र नेपाली कांग्रेसबाट श्याम सुन्दर तामाङ रहनुभएको छ ।
जिरी नगरपालिकामा गेल्बु शेर्पाले स्वतन्त्रबाट प्रमुख पदको दाबी गर्नुभएको छ भने नेकपा एमालेबाट मित्र बहादुर जिरेल, नेपाली कांग्रेसबाट लाक्पा शेर्पा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किरण बहादुर खड्का नगर प्रमुखका लागि चुनावी मैदानमा हुनुुहुन्छ । उपप्रमुखका लागि स्वतन्त्रबाट आङ पासाङ शेर्पा, नेकपा एमालेबाट कृष्णामाया बुढाथोकी, नेकपा माओवादी केन्द्रबाट तेज बहादुर तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सृष्टि न्यौपाने र जनता समाजवादी पार्टी नेपालबाट कमल माया सुनुवार रहनुभएको छ ।
तामाकोशी गाउँपालिकामा पालिका अध्यक्षका लागि सुवास खड्का र पुस्कार बहादुर बस्नेतले स्वतन्त्रबाट, नेकपा एमालेबाट अभिषेक सुवेदी, नेकपा एकिकृत समाजवादी पार्टीबाट प्रोणप्रताप केसी, राप्रपाबाट दिपक कालिकोटे, जनता समाजवादी पार्टी नेपालबाट गोपाल बहादुर सुनुवार रहनुभएको छ भने उपाध्यक्षका लागि सीताराम उप्रेती स्वतन्त्रबाट, नेकपा एमालेको तर्फबाट अम्बीका पोखरेल, नेपाली कांग्रेसबाट सृजना सुवेदी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सोनिका श्रेष्ठ रहनुभएको छ ।
भीमेश्वर नगरपालिकाका नगर प्रमुख पदका लागि रुद्र प्रसाद पोखरेल, श्रीकृष्ण बस्नेत, सुवास रिजालले स्वतन्त्रबाट हुनुहुन्छ भने नेकपा एमालेको तर्फबाट हरिवंश चौलागाई, जनता समाजवादी पार्टी नेपालबाट विछि कुमार थामी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट देवकी बुढाथोकी हुनुहुन्छ । उपप्रमुखमा स्वतन्त्रबाट हिमाल प्रसाद न्यौपाने, नेकपा एमालेको तर्फबाट कमला बस्नेत, नेकपा एकिकृत समाजवादी पार्टीबाट संगीता तामाङ, जनता समाजवादी पार्टीबाट कुमारी मगर, राप्रपाबाट ठाकुर प्रसाद शिवाकोटी हुनुनुहुन्छ ।
मेलुङ गाउँपालिकामा अध्यक्ष पदका स्वतन्त्रबाट लागि राजन धनुके, शंकर बहादुर खत्री र शान्ति प्रसाद वली, एमालेबाट हिरा कुमार तामाङ, राप्रपा बाट रुकुमाया पाण्डे, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट सुवास लामा, नेकपा एकीकृत समाजवादीबाट रविन्द्र कुमार कार्की, मंगोल नेशनल अर्गनाइजेशनबाट प्रेम बहादुर तामाङ, नेपालका लागि नेपाली पार्टीबाट गोविन्द थापा, जनसमाजवादी पार्टी नेपालबाट जर्नदन पोखरेल रहनुभएको छ भने उपाध्यक्षका लागि स्वतन्त्रबाट पेमा दोर्जे लामा, इन्दिरा विक हुनुहुन्छ भने नेकपा एमालेको तर्फबाट गायत्री आर्चाय, राप्रपाबाट छत्र बहादुर तामाङ, जनसमाजवादी पार्टी नेपालबाट साबीत्री दाहल, नेपाली कांग्रेसबाट भक्त बहादुर तामाङ हुनुहुन्छ ।
विगु गाउँपालिकामा पालिका अध्यक्षका लागि स्वतन्त्रबाट मिलन खड्का, ङावा शेर्पा, बन्धु विलाश मल्ल ठकुरी, शेर बहादुर दमाई, राधिका मल्ल ठकुरी, राजेन्द्र ठाकुरी, भीम बहादुर थामी हुनुहुन्छ भने नेकपा एमालेबाट अच्युतम केसी, माओवादी केन्द्रबाट सञ्जिव वली, राप्रपाबाट देवेन्द्र खड्का, जसपाबाट दावा छिरी शेर्पा हुनुहुन्छ भने उपाध्यक्षका लागि नेकपा एमालेबाट देवीका थामी, नेपाली कांग्रेसबाट अंगिमा शेर्पा, राप्रपाबाट सम्झना ठकुरी रहनुभएको छ ।
बैतेश्वर गाउँपालिकामा अध्यक्ष पदका लागि स्वतन्त्रबाट रामकुमार खड्का, कृष्ण प्रसाद दाहल, दिनेश नेपाली हुनुहुन्छ भने नेकपा एमालेबाट माधव प्रसाद घिमिरे, माओवादी केन्द्रबाट लक्ष्मण खड्का, नेपाली कांग्रेसबाट छवि लामा, राप्रपाबाट कुमार अधिकारी, मंगोल नेशनल अर्गनाइजेशनबाट आकाश तामाङ लामा हुनुहुन्छ भने उपाध्यक्ष पदका लागि एमालेबाट छविलाल तामाङ, नेपाली कांग्रेसबाट कल्पना उप्रेती, नेकपा एकिकृत समाजवादीबाट कल्याण दाहाल हुनुहुन्छ ।
शैलुङ गाउँपालिकामा अध्यक्ष पदका लागि स्वतन्त्रबाट शिवधर कार्की, विजय मोक्तान, बलराम लामा, नेकपा एमालेबाट धन बहादुर तामाङ, नेकपा माओवादी केन्द्रबाट रिमाल बाबु श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालबाट लछुमान तामाङ, नेकपा एकिकृत समाजवादीबाट भुवन सिंह थापा, राप्रपाबाट नवराज खड्का हुनुहुन्छ भने उपाध्यक्षका लागि नेकपा एमालेबाट पार्वती कार्की, नेपाली कांग्रेसबाट दावादोर्जे लामा, राप्रपाबाट इन्दिरा तामाङ, जनता समाजवादी पार्टी नेपालबाट मञ्जु माया तामाङ, नेकपा एकिकृत समाजवादीबाट दिममाया तामाङ हुनुहुन्छ ।
वैशाख ३० गते देशभरका ७ सय ५३ पालिकामा एकैसाथ चुनाव हुँदैछ । चुनाव आउन अब ९ दिन मात्रै बाँकी छ ।