चरिकोट, ३ असार
गएको जेठ १० गते यान बहादुर बस्नेतले अठोट गरे की आफ्नी प्रेमिकालाई जसरी पनि भगाउँछु । अनि सधैका लागि आफ्नी बनाउछु । तर सयम यानबहादुरले सोचे जस्तै भएन । त्यस दिन उनी आफै सधैका लागि अस्ताए ।
जिल्लाको गैरीशंकर गाउँपालिकामा स्थानीय तहको निर्वाचन सकिए पनि चहल पहल बाँकी थियो । यानबहादुरका बुबा पनि वडा अध्यक्ष पदमा उम्मेद्वार बनेकाले उनी बुबालाई जिताउन निर्वाचनमा राम्रै गरी खटे । स्थानीय उनकी प्रेमिका भने निर्वाचनको बेला म्यादी प्रहरी बनेर खटिएकी थिइन् । स्थानीय विद्यालयका लेखापाल यानबहादुर र सोही विद्यालयको कक्षा ११ मा अध्ययन गर्ने युवती विचको प्रेम सम्बन्धका बारेमा स्थानीयहरु जानकार नै थिए । प्रेम सम्बन्धमा रहेकी ती युवतीलाई भगाउन पुगेका यानबहादुर आखिरीमा आफ्नै प्रेमिकाको हातबाट मारिन पुगे ।
यो महिना निकै चर्चामा रहेको सो झ्याकु घटनाको बारेमा बिहिबार जिल्ला प्रहरी कार्यालय दोलखाले पत्रकार सम्मेलन गरी घटनाको यर्थात सार्वजनिक गरेको हो । अनुसन्धान पछि गत जेठ जेठ ११ गते बिहान झ्याँकु सर्सेपूमा मृत अवस्थामा फेला परेको यानबहादुर बस्नेतको उनकै प्रेमिकाको घरमा हत्या भएको र लाश सर्सेपू जंगलमा फेला परेको दोलखा प्रहरीले जनाएको छ ।
यस्तो थियो घटना
दोलखाको उत्तरी गौरीशङ्कर गाउँपालिका वडा नम्बर ३ झ्याँकु सर्सेपुका यान बहादुर बस्नेत जेठ १० गते साँझबाट हराएका थिए । कतै साथी वा आफन्तको घरमा गएको आशंकामा त्यस दिन उनको खोजी भएन तर त्यसको भोलिपल्ट जेठ ११ गते उनलाई गाउँकै जंगलमा मृत अवस्थामा भेटियोे । केहीको आत्महत्याको पनि आशंका गरे तर यान बहादुरको बुबा दिल बहादुर बस्नेतले मृतक छोराको प्रेमीका सहित केहीको नाममा प्रहरीमा किटानी जाहेरी दिए पछि घटनाले नयाँ मोड लियो ।
प्रहरीले मृतकको प्रेमीका, उनको परिवारको सदस्य र एक जना छिमेकी सहित सात जनालाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको थियो । अन्तत अनुसन्धानको निषर्कष उही निस्कियो यान बहादुरको हत्या उनकै प्रेमीकाले गरेको खुलेको भयो । दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गङ्गा पौडेलले बिहिबार कार्यालयमा पत्रकार सम्मेलन गरी यर्थात बिरण सुनाउनु भयो ।
करिब दुई बर्ष देखि प्रेम सम्बन्धमा रहेका यान बहादुर प्रेमिकासँग जसरी पनि विवाह गर्न चाहन्थे । तर नजिकको पारिवारिक नाता पर्ने भन्दै दुबै परिवारका सदस्यहरूले विवाह अस्विकार गरेपछि उनीहरू बीच विवाह होइन विवाद हुँदै आएको थियो ।
गएको जेठ १० गते साँझ यानबहादुर भगाएर विवाह गर्ने भन्दै प्रेमीकाको घर पुगे अनि विवाहको लागि आग्रह गर्दै तत्काल भाग्न प्रेमीका समक्ष आग्रह र अनुनय गरे । यानबहादुर आग्रह प्रेमीकाले स्विकार गरिनन् । यानबहादुरले जोडबल गरिहरे । फकाउँदा नमाने पछि यानबहादुरले प्रेमिकालाई जर्बरजस्ती तान्त थाले दुबै विच तानातान भयो । प्रेमिका परिवार नजिकैको गोठमा गएका थिए । घरमा वृद्ध र बोल्न नसक्ने प्रेमिकाका हजुरआमा मात्र थिईन् ।
दुबै बिच तानातान हुने क्रममा पनि दुई बीच रक्साकस्सी हुँदा प्रेमीकाले यान बहादुरको घाँटी अठ्ठयाउन पुगिन् । केही बेर घाँटी अठ्ठयाउन पछि यानबहादुर शान्त बने । त्यतिबेला यानबहालुर संसार छाडी सकेका थिए । यानबहादुर को हत्या भए पछि उनकी प्रेमिका डराईन । अनि परिवार छ छिमेकीलाई खबर गरिन् ।
लास व्यवस्थापनको लागि योजना बुन्यो । मृतकलाई आत्महत्या गरे जस्तो बनाउनको लागि घाँटीमा डोरीले बाँधेर घिसार्दै नजिकै जंगलमा रहेको काफलको रुखको फेद सम्म लगियो । मृतक रुखबाट डोरी चुडेर खसेको जस्तो बनाउनको लागि रुखको हाँगामा डोरी बाँधी आधा टुक्रा राखिएको थियो । लास भने भुईमा राखियो । यानबहादुरले मादक पर्दाथ समेत सेवन गरी प्रेमीकाको घरमा पुगेकाले उनलाई हत्या गर्न सहज भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
अब के होला ?
अनुसन्धानको क्रममा यान बहादुर हत्याको ओरोपमा पक्राउ परेकी मृतकको प्रेमीका सहित परिवारका सदस्य छ जना र एक जना छिमेकी गरी सात जनालाई प्रहरील अनुसन्धान पुरा गरी अदालतमा पेश गर्ने तयारी भएको प्रहरी नायव उपरीक्षक पौडेलले बताउनु भयो । पक्राउ परेका सात जना मध्य दुई जना नाबालक रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई अदातलमा पेश गरे पछि प्रहरी अनुसन्धान र प्रमाणको आधारमा अदालतले थप कारबाही प्रक्रिया अघि बढाउने छ ।