चरिकोट, २२ असार
दोलखाको जिरी नगरपालिका वडा नम्बर १ पुम्पाकी दिलमाया राउत जिरी अस्पतालसँगै रहेको पोषण पुनस्र्थापना गृहमा वसेको सोमबार १० दिन भयो । आफ्नो दुई बर्षको छोरोलाई कुपोषण भए पछि उहाँ पोषण पुनस्र्थापना गृहमा बसेर आफ्नो छोरालाई भएको कुषोषण कम गर्न जुट्नु भएको छ ।
पोषण पुनस्र्थापना गृहले हाल सम्म २७ जना कुपोषित बालबालिकाहरुको उपचार गरेको छ भने २५ जना बालबालिकाहरुलाई त उपचार पछि घर फिर्ता गरिसकेको छ । कुपोषणका कारण उपचार गर्नु पर्ने अवस्थामा पुगेका बालबालिकाहरुलाई छनोट गरी अभिभावकसँगै ल्याएर पोषण पुनस्र्थापना गृहमा राख्न्छि । पोषणयुक्त खानेकुरा सयम मिलाएर खुवाउँदै उपचार गरी कुपोषण कम भए पछि घर पठाईन्छ । जिरीमा चालु आर्थिक आ.व. २०७८/०७९ सालबाट पोषण पुनस्र्थापना गृह सुरु भएको हो । यसको संचालन भने गत २०७८ फागुन १५ बाट भएको हो । नेपाल सरकारले पोषण कार्यक्रमलाई स्वास्थ्य क्षेत्रको विशेष कार्यक्रमको रुपमा घोषणा गरे पछि नेपालका २२ जिल्लामा पोषण पुनस्र्थापना गृह स्थापना गरेको हो । जिरीमा स्थापना भएको यो पोषण पुनस्र्थापना गृहले दोलखा सहित रामेछाप र सोलुखुम्बु जिल्लाका कुपोषित बालबालिकाहरुलाई समेत सेवा प्रवाह गर्दै आएको छ ।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार नेपालका पाँच वर्षमुनिका बालबालिकाहरुमा १० प्रतिशन ख्याउटेपन छ भने २७ प्रतिशत कम तौल र ३६ प्रतिशत पुड्कोपन रहेको छ । पाँच वर्षमुनिका बालबालिकाहरुमा ख्याउटेपन र कम तौलको प्रतिशत घटाउनको लागि पोषण कार्यक्रमको ठूलो भुमिका रहेको जिरी नगरपालिकाका जनस्वास्थ्य अधिकृत केशव दाहालले जानकारी दिनु भयो । पोषण कार्यक्रम अन्तर्गत ६ महिना देखि ५९ महिनासम्मका बालबालिकाहरुको तौल उचाई लेखाजोखा गरिन्छ र यदि कुपोषित भएको पाईएमा पोषण पुनस्र्थापना गृहमा भर्ना गरेर निशुल्क रुपमा उपचार गरिने जनस्वास्थ्य अधिकृत दाहालले जानकारी दिनु भयो ।
पोषण पुनस्र्थापना गृहमा भर्ना भएका कुपोषित बालबालिकाहरुलाई आवश्यकताको आधारमा दिनमा १२ पटकसम्म खाना÷दुध खुवाइन्छ । बच्चालाई चाहिने खानाको प्रकार, मात्रा र क्यालोरी नापेर दिने गरिन्छ । यसका साथै भर्ना गरिएको बालबालिकासँग बस्ने अभिभावकलाई निशुल्क रुपमा खाना र बस्न सेवा पनि उपलब्ध छ । साथै अभिभावकलाई हरेक दिन स्वास्थ्य शिक्षा पनि प्रदान गरिन्छ । कुपोषित बालबालिकाहरु उपचारको लागि गृहमा आएपछि कम्तिमा पनि १५ दिन बस्नुपर्ने हुन्छ । कुपोषित बालवालिका ठिक नभएमा थप समय गृहमा बस्नु पर्ने गृहकी व्यवस्थापक कामना न्यौपानेले जानकारी दिनु भयो । गृहमा बालबालिकालाई मनोरञ्जनका साथै बौद्घिक विकासको लागि विभिन्न किसिमका पुस्तक उपलब्ध छन । साथै गृहमा मनोरञ्जन कक्ष, टेलिभिजन र विभिन्न प्रकारको खेलौनाहरुको व्यवस्था रहेको छ । कुपोषित बालबालिकाको जाँचको लागि नजिकैको जिरी अस्पतालका डाक्टले हप्तामा २ दिन गृहमा आउने गर्छन् । गृहमा भर्ना भएका बालबालिकाहरुको केहि स्वास्थ्य परिक्षण गर्नु परेमा निशुल्क गरिन्छ । उपचारको क्रममा आएका बाालिकाहरुलाई एक जोर कपडाको साथै उपचार पछि घर फर्कने बेला आते यातायात खर्च समेत उपलब्ध गराईने गृहकी व्यवस्थापन न्यौपानले जानकारी दिनु भयो ।
जिरीमा पोषण पुनस्र्थापना गृह स्थापना भए पछि हाल सम्म २७ जना कुपोषित बालबालिकाहरुको उपचार पाएका छन् । ति मध्य मध्ये ६ जना दोलखा जिल्ला अन्तर्गतका स्वास्थ्य संस्थाबाट रिफर गरि पठाइएका थिए भने २१ जना बालबालिका भने गृहको आफ्नै पहलमा जिरी नगरपालिकाको विभिन्न ठाँउहरुमा गएर लेखाजोखा गरि कुपोषित बालबालिकाहरुको पहिचान गरेर परामर्श दिएर भर्ना गरिएको गृहकी व्यवस्थापन न्यौपानेले जानकारी दिनु भयो । जिरी नगरपालिकामा मात्र तीन सय २३ जना बालबालिकाहरुमा तौल र उचाईको लेखाजोखा गर्दा २१ जना शीघ्र कुपोशित फेला परेका थिए भन सात जना शीघ्र कुपोषित बालवालिका फेला परेको थिए ।
बालबालिकाहरुमा कुपोषण हुनुमा धेरै कारक तत्वहरु मध्य प्रमुख कारण खानाको कमि हो । पारिवारिक र आर्थिक अवस्था कमजोर हुने बालबालिकाहरुमा खानाको अभावले कुपोषण हुन्छ भने पारिवारिक र आर्थिक अवस्था सम्पन्न हुने बालबालिकाहरुमा पनि कुपोषण हुन्छ । बजारको खानेकुरा वा पत्रु खानेकुरा खानाले बालबालिकाहरुमा खानामा रुची हराउदै जान्छ र रोगको विकास हुन्छ जस्ले गर्दा बालबालिकाहरु कुपोषित हुन्छन् ।
जन स्वास्थ्य अधिकृत केशव दाहालका अनुसार अपर्याप्त खाना/आहार, रोग, समुदायमा अशिक्षा, सामाजिक चालचलन तथा व्यवहार, संस्कृतिक प्रथा तथा परम्परा, आर्थिक अवस्था आदिका कारण बालवालिकाहरु कुपोषित हुने गरेका छन् । यसको साथै बालबालिकाहरुलाई खुवाउने खाना अपर्याप्त हुनु, खाद्य सुरक्षामा कमी हुनाले पनि बालबालिकाहरु कुपोषित हुने गर्छन् । कुनै पनि स्वास्थ्य समस्याले गर्दा पनि बालबालिकाहरु कुपोषित हुन्छन् । बालबालिकाहरुलाई खुवाउने सन्तुलित आहारको तयारी विधि तथा भोजनको चेतनामा कमी, अति प्रशोधित तयारी खाना जंक फुड प्रतिको मोह तथा बानीको कारण कुपोषित हुन सक्ने जनस्वास्थ्य अधिकृत दाहालले जानकारी दिनु भयो । साथै सरसफाईमा ध्यान नदिदा पनि बालबालिकाहरु कुपोषित हुने गर्छन् । हालसम्म पोषण पुनस्र्थापना गृहमा बालक भन्दा बढी बालिकाहरु नै उपचारको लागि आएका छन् ।
बालबालिकाहरुमा कुपोषण हुनुको मुख्य कारण असन्तुलित भोजन हो । सन्तुलित भोजन भन्नाले सबै किसिम खानाहरुलाई मिलाएर खाने भन्ने बुझिन्छ । सन्तुलित भोजनमा अन्न, गेडागुडी, हरियो सागपात, पशुजन्य खानेकुरा र पहेलो फलफुल हुनुपर्दछ । त्यसको साथै खाना तयार गर्नु अघि र बच्चालाई खाना खुवाउनु अघि सरसफाईमा ध्यान पनि जन स्वास्थ्य अधिकृत दाहालको भनाई छ । जिरीमा पोषण पुनस्र्थापना गृह स्थापना हुनुभन्दा पहिला जिरी नगरपालिकामा जम्मा कति बालबालिकाहरु कुपोषित थिए भन्ने बारे एकिन थिएन । कार्यक्रम लागू भएपछि विभिन्न ठाउँहरुमा गएर ६ देखि ५९ महिनाका बालबालिकाहरुको तौल र उचाई नापी कुपोषण पहिचान गरि उपचार गरिएको गृहले जनाएको छ ।
पोषण पुनस्र्थापना गृह सञ्चालनका लागि जिरी नगरपालिकाले पनि विशेष प्राथामिकता दिदै आएको छ । नगरपालिकाले चालु आर्थिक बर्षमा स्वास्थ्यका लागि ७३ लाख ५२ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । यसै गरी जिरी नगरपालिकामा स्वास्थ्य क्षेत्रका लागि चालु आर्थिक बर्ष प्रदेश सरकारबाट तीन लाख ७५ हजार रुपैयाँ विनियोजन गरेको थियो भने, संघीय सरकारबाट पाँच करोड ९० लाख ६४ हजार रुपैयाँ जिरीको स्वास्थ्य क्षेत्रका लागि विनियोजन भएको थियो । जिरी नगरपालिकाकी उप मेयर कृष्णमाया बुढाथोकी नगरपालिकाले पोषण पुनस्र्थापना गृह सञ्चालन सँगै नगर क्षेत्रमा पोषण शिक्षा र जनचेतना अभिवृद्धिको कार्यलाई पनि उत्तिकै प्राथामिकता दिएको बताउँनु हुन्छ । पोषण पुनस्र्थापना गृह स्थापना भए पछि नगरपालिका भर कुपोषित वालवालिकाको पहिचान गर्ने र पुनस्र्थापना गृहमा उपचारका लागि वालवालिका ल्याउनका लागि पनि नगरपालिकाले विशेष जोड दिएको बृढाथोकीले बताउँनु भयो ।