चरीकोट, २९ असार
दोलखाको भीमेश्वर नगरपालिकालाई स्थानिय विपद तथा जलवायु उत्थानशिल योजना र भीमेश्वर नगरपालिका वडा नं. १ को विपद तथा जलवायु उत्थानशिल योजना र समावेशि शिक्षा कार्ययोजना हस्तान्तरण गरिएको छ ।
नगरपालिकामा विगत पाँच वर्ष देखि अपांगता भएका महिला तथा वालवालिकाहरुको स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षका क्षेत्रमा काम गर्दै आएको अपांग तथा दृष्टिविहिन समुदाय सेवा संघ दोलखाले एक कार्यक्रम गरी नगरपालिकालाई सो कार्ययोजना हस्तान्तरण गरेको हो ।
ह्याण्डीक्यप इन्टरनेसनलको आर्थिक तथा प्राविधिक सहयोग तथा अपांग तथा दृष्टिविहिन समुदाय सेवा संघ दोलखाको साझेदारी र भीमेश्वर नगरपालिकाको समन्वयमा संचालित परियोजनाले विगतमा गरेका कार्यक्रमहरुको समिक्षा तथा भावी योजनाका विषयमा छलफल भएको थियो । कार्यक्रममा सन् २०१५ देखि चरीकोट अस्पतालमा अपांगता भएका व्यक्तिहरुलाई लक्षित गर्दै फिजियोथेरापी सेवा संचालन गर्दै आएको थीयो र यो सेवा निरन्तरताका लागि परियोजना समापन पश्चात भीमेश्वर नगरपालिकाले सेवा निरन्तर रुपमा संचालन गर्ने गरी सहमति भएको तर हाल पशुपति चौलागाँई मेमोरियल अस्पताल प्रदेश स्तरको अस्पताल भएको हुदाँ नगरपालिकाले सो सेवा निरन्तरताका लागि प्रदेश सरकारसंग पहल गर्ने नगरपालिका प्रमुख ईश्वर नारायण मानन्धरले बताउनु भयो । त्यसैगरी नगरपालिकाका ५ वटा विद्यालयमा अपांगता समावेशी विद्यालय सुधार योजना निर्माण, जिविकोपार्जन सहयोग, पाँच वर्ष मुनिका अपांगता भएका वालवालिकाहरुको शीघ्र स्वास्थ्य पहिचान र प्रषण सम्बन्धी नगरपालिकाका महिला स्वास्थ्य स्वायंमसेविकाहरुलाई अभिमुखिकरण लगाएतका विषयमा छलफल भएको थियो ।
कार्यक्रममा नगरपालिका मेयर ईश्वर नारायण मानन्धर, उपमेयर कमला बस्नेत, प्रशासकिय अधिकृत माधव प्रसाद सुवेदि, सामाजिक विकास अधिकृत नारायण प्रसाद सेढाई, विपद सम्पर्क व्यति इन्जिनियर सुरेस राउत, शिक्षा शाखाका सुन्दर खड्का, विष्णु खत्रि, महिला वालवालिका तथा जेष्ठनागरीक शाखाको सुर्जा दाहल लगाएतको उपस्थितिमा संचाति कार्यक्रममा संस्थाका सचिव मखन पाण्डेले नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धर र उपप्रमुख कमला बस्नेतलाई तयार भएका स्थानिय विपद तथा जलवायु उत्थानशिल योजना, भीमेश्वर नगरपालिका वडा नं. १ को विपद तथा जलवायु उत्थानशिल योजना र समावेशि शिक्षा कार्ययोजना नगरपालिकालाई हस्तान्तरण गरेको संस्थाका परियोजना अधिकृत फनिन्द्र चौलागाँईले बताउनुभयो ।