चरिकोट, ५ साउन
शैलुङ गाउँपालिका वडा नम्बर ७ साउँते र मेलुङ गाउँपालिका वडा नम्बर १ पवटी सिम्टे जाेडने ११५ मिटर लम्बाई रहेकाे अँधेरीखाेला साउँते झाेलुङ्गे पुल निर्माण सम्पन्न भएकाे छ ।
दिगाे विकास नागरिक मञ्च (सिभिक फाेरम) दाेलखाकाे ३४ लाख १८ हजार ३ सय ९१ रुपैयाँ ,शैलुङ गाउँपालिकाकाे ६ लाख ६ हजार ८ सय ६८ रुपैयाँ ,झाेलङ्गे पुल सहयोग इकाई (टिविएसयु) बाट पुलकाे लट्ठा अनुदान ५ लाख ४९ हजार ५ सय ९४ रुपैयाँ ,स्थानिय जनश्रमदान बाट ९३ हजार ३ सय ६४ रुपैया गरि कुल ४६ लाख ६८ हजार २ सय १७ रुपैयाँको लागतमा पुल निर्माण सम्पन्न भएकाे झाेलुङ्गे पुल निर्माण उपभोक्ता समितिका काेषाध्यक्ष उषा शिवाकोटीले जानकारी दिनुभयो ।
२०६८ साल माघ १७ गते बाट पुल निर्माणकार्य सुरु भएको र काम सुरु भएकाे मितिले ८ महिना भित्र पुलकाे निर्माण कार्य सक्नु पर्ने सम्झौता भए पनि उपभोक्ता समितकाे लगनशीलता र प्रयाप्त मजदुर तथा पुल निर्माण गर्ने मिस्रीहरु परिचालन गरिएकाेले ताेकिएकाे समय भन्दा ३ महिना अगाडि नै निर्माणकार्य सम्पन्न भएकाे उपभोक्ता समितिका अध्यक्ष रामचन्द्र बुढाथोकीले बताउनु भयाे ।
ढुंगा, गिटी,बालुवा लगायत पुल निर्माण सामग्रीहरु पुल निर्माण स्थल भन्दा धेरै टाढा र अप्ठ्यारो बाटाे हुँदै मानिसले बाेकेर लैजानु पर्ने भएता पनि र सम्बन्धित निकाय बाट बजेट समयमै निकासा नभए पनि उपभोक्ता समितिले ऋण काढेर भए पनि मजदुरहरुलाई समय समयमा पैसा दिइरहेको र आवश्यक सामाग्रीहरु पनि खरिद गरिएको हँदा ताेकिएकाे समय भन्दा पहिले नै पुल निर्माण सम्पन्न गर्न सफल भएकाे समितिका सचिव सुजन शिवाकोटीकाे भनाइ रहेकाे छ ।
२०७३ सालकाे भदौ महिनामा आएकाे अविरल वर्षाकाे कारण पहिराे जाँदा खाेलामा रहेकाे पक्कि पुल भाँचिएपछि मेलुङ गाउँपालिका वडा नम्बर १ पवटि सिम्टे बाट शैलुङ गाउँपालिका वडा नम्बर ७ मा रहेकाे साँगुते मावि र भद्रेश्वर आधारभूत विद्यालयमा अध्ययन गर्न जाने विद्यार्थी ,साउँते बाट पवटी तर्फ घाँस दाउरा गर्न आउने ,खेतिपाती गर्ने किसान लगाायत खाेला तरेर वारिपारी गर्ने बाटाे हिड्ने बटुवाहरु समेतलाई अत्यन्तै असजिलाे भएको थियाे ।
पहिला भएकाे पुल भन्दा करिव ५ सय मिटर भन्दा माथि बाट झाेलुङ्गे पुल निर्माण भएपछि सबै मानिसलाई खाेला वारिपारि गर्न सहज मात्र नभएर बाटाेकाे दुरि समेत २० मिनेट नजिक भएकाे छ । झाेलुङ्गे पुल निर्माण भएपछ शैलुङ -७ साउँते र मेलुङ-१ पवटी सिम्टे लगायत आसपासका ४५० घरधुरीका करिव २२०० जनसंख्यालाई प्रत्यक्ष रुपमा लाभ पुगेकाे छ ।
पुल निर्माण भएर खाेला तर्न सहज भएपनि पवटी तर्फबाट पुल तरेर जाने बित्तिकै करिव २०० मिटर गाेरेटाे बाटाे भिरकाे बाटाे भएकाे कारण उक्त बाटाेलाई अलि बिस्तार गरि बाटाकाे छेउमा तारजाली लगाउन सकेमा बाटाेमा आवतजावत गर्ने सबैलाई सहज हुने कुरा स्थानिय हरुले माग राखेपछि पुल अनुगमन गर्न आउनु भएकि शैलुङ गाउँपालिकाकी उपाध्यक्ष पार्वती कार्की र वडा नम्बर ७ का वडा अध्यक्ष सुजन खड्काले बाटाे मर्मत तथा विस्ताकाे लागि आवश्यक बजेट बिनियाेजन गरिदिने वचन दिनुभएकाे स्थानिय समाजसेवी रामकृष्ण बुढाथोकीले बताउनु भयाे ।
पुल पारि शैलुङ गाउँपालिका तर्फकाे बाटाे मर्मत तथा विस्तार गर्ने जिम्मा शैलुङ गाउँ पालिकाले लिए पनि मेलुङ गाउँपालिका तर्फकाे पुलकाे जिपभन्दा तल ग्याविन बाल लगाउने र पुल सम्म जाने गाेरेटाे बाटाे मर्मत तथा विस्तार गर्न मेलुङ गाउँपालिकाले सहयाेग गर्नुपर्ने स्थानीयहरुकाे भनाइ रहेकाे छ ।