चरिकोट, ५ साउन
मेलुङ गाउँपालिका वडा नम्बर १ पवटी घर भइ हाल दाेलखा सदरमुकाम चरिकोटमा हाेटल व्यवसाय संचालन गर्दै आउनु भएका बिष्णु बहादुर थापाले काठमाडौमा अवस्थित पशुपतिनाथ मन्दिर देखि दाेलखाकाे प्रसिद्द भीमेश्वरकाे मन्दिर सम्म पैदल हिडेर पशुपतिनाथकाे जल ल्याई भीमेश्वर लाई चढाउनु भएको छ ।
देशमा शान्ति हाेस, कुनै अशान्ति वा अनिष्ट भएर देश र जनतालाई कुनै प्रकारकाे अशान्ति नहाेस भन्ने उद्देश्यले यही श्रावण महिनाकाे २ गते पहिलाे साेमबार बिहान पशुपतिनाथ मन्दिरमा पुजा आराधना गरि पशुपतिकाे जल बाेकेर ल्याई भीमेश्वर लाई चढाएको बिष्णु थापाले बताउनु भयाे ।
मेलुङ गाउँपालिका वडा नम्बर १ पवटीका बिष्ण बहादुर थापा, मेलुङ गाउँपालिका वडा नम्बर १ पवटीका वडा अध्यक्ष ईश्वर काेईराला, रमेश आचार्य र मनहरि थापा गरि ४ जनाकाे समुहले पैदलै हिडेर जल बाेकेर ल्याइ भीमेश्वरलाई चढाइएकाे हाे । श्रावण २ गते बिहान पशुपतिनाथ मन्दिर बाट जल बाेकी पैदल यात्रा सुरु गरिएकोमा पहिलाे दिन पाँचखाल ,दाेस्राे दिन मुडे बजार भन्दा तल रहेकाे पेट्रोल पम्प,तेस्रो दिन भीमेश्वर नगरपालिकाकाे चाेथाङमा बास बसि ४ दिनकाे दिन भीमेश्वरलाई जल चढाउन सफल भएकाे थापाकाे भनाइ रहेकाे छ ।
पशुपतिनाथ मन्दिर देखि नै जुत्ता ,चप्पल केही नलगाई खालि गाेडा नै जल ल्याएर भीमेश्वरलाई चढाउने इच्छा रहे पनि काब्रेकाे साँगामा आइपुग्दा अचानक केुनै बस्तुले पैताला काटिएकोले चप्पल लगाएर आउनु परेकाे थापाले बताउनु भयाे । भीमेश्वरलाई पसिना आएमा देश र जनतामा कुनै न कुनै अनिष्ट हुन्छ भन्ने धार्मिक विश्वास रहेकाेले २०७० साल पौष १ गते भीमेश्वरलाई पसिना आएपछि देश र जनतालाई कुनै अनिष्ट नहाेस भनेर पौष ५ गते धार्मिक आस्थाका धनी थापाले काठमाडौ पशुपति मन्दिर देखि भीमेश्वर मन्दिर सम्म उल्टाे गाडी गुडाएर पशुपतिनाथकाे जल ल्याई भीमेश्वरलाई चढाउनु भएकाे थियाे भने २०७४ साल माघ महिनामा पनि पशुपतिनाथ मन्दिर देखि गाडी सुल्टाे गुडाएर ल्याई जल चढाउनु भएकाेमा याे पटक भने पैदल हिडेर जल चढाउनु भएकाे हाे ।
थापाले याे पटक सम्म ३ पटक पशुपतिनाथ मन्दिरको जल ल्याई भीमेश्वर बाबालाई चढाउनु भएकाे हाे । श्रावण २ गते साेमबार बिहान देखि जल बाेकी पैदल यात्रा सुरु गरेकाे धार्मिक समुहलाई ठाउँ ठाउँमा भक्तजनहरुले भव्य स्वागत गरेका थिए भने बिहीबार बिहान चाेथाङ बाट भीमेश्वर मन्दिर तर्फ प्रस्थान गर्दा पञ्चेबाजा सहित बाटाे भरिनै भक्जनहरुले फूलमाला र खादा लगाएर स्वागत गरेका थिए ।
तस्वीहरु : सबिना आचार्यको फेसबुक वालबाट