चरिकोट, २४ साउन
शैक्षिक गुणस्तर सुधारको लागि सरोकारवालाहरु लागी परेका छन् । भीमेश्वर नगरपालिकाभित्रका पाँच वटा विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समिति आफ्ना विद्यालयमा कसरी गुुणस्तर शिक्षा प्रदान गर्न सकिन्छ भन्ने बहस सुरु गर्न थालेका छन् ।
अपाङ्ग तथा दृष्टिविहिन समुदाय सेवा संघ दोलखाले आयोजना गरेको विद्यालय सुधार योजना अद्यावधिक कार्यक्रममा सरोकारवालाहरुले उक्त धारणा राखेका थिए । कुनै समय तयार पारिएका विद्यालय सुधार योजना अहिले अवस्था र प्रविधिअनुरुप छ कि छैन ? अहिलेको प्रविधि र अवस्था अनुरुप विद्यालय सुधार योजना तयार पार्नुपर्ने शिक्षा समन्वय इकाई दोलखाका प्रमुख शंकरबाबुु श्रेष्ठले बताउनुुभयो । त्यस्तै शैक्षिक गुुणस्तर सुधारको लागि राम्रो विद्यालय, राम्रो शिक्षण र राम्रो सिकाईको आवश्यकता रहेको पनि श्रेष्ठले बताउनुु भयो ।
अहिले नमूूना विद्यालय बनाउने होटबाजी चलिरहेको बेलामा हिजोको दिनमा तयार पारिएको विद्यालय सुधार योजना समय अनुुकुुल अद्यावधिक गर्दै जानुुपर्ने धारणा इकाई प्रमुख श्रेष्ठले राख्नुुभयो । त्यस्तै विद्यालय सुधार योजनामा समावेश गर्नुपर्ने अन्य विविध विषयवस्तुको बारेमा पनि उहाँले उल्लेख गर्नुुभएको थियो । जसअनुसार राष्ट्रिय बालमैत्री विद्यालय प्रारुप (९ वटा पक्ष १४९ सूचक), सूचना तथा प्रविधिको प्रयोग, बाल अधिकार, अनिवार्य तथा निशुुल्क आधारभूत शिक्षा, प्रयोगात्मक कक्षा व्यवस्थापन, दिवा खाजा मापदण्ड र व्यवस्थापन, योग शिक्षा, गुनासो सुनुुवाइ व्यवस्था, स्वास्थ्य शिक्षा (परीक्षण तथा परामर्श), हरित विद्यालय, शिक्षण सिकाइ समय कार्यान्वयन र खानेपानी, सरसफाई तथा स्वच्छता रहेको छ । भीमेश्वर नगरपालिका शिक्षा शाखाका स्रोत व्यक्ति सुन्दर खड्काले पनि समावेशी विद्यालय सुधार योजना निर्माणको लागि विद्यालयका प्रधानाध्यापक, शिक्षक र विद्यालय व्यवस्थापन समितिको महत्वपूर्ण भूमिका रहने बताउनुुभयो ।
कार्यक्रम भीमेश्वर नगरपालिकाको आयोजना र अपाङ्ग तथा दृष्टिविहिन समुदाय सेवा संघ दोलखाको स्थानीय साझेदार र एच आईको सहयोगमा भएको थियो । उद्घाटन सत्रमा अपाङ्ग तथा दृष्टिविहिन समुदाय सेवा संघ दोलखाका अध्यक्ष रामकृष्ण तामाङको अध्यक्षतामा र भीमेश्वर नगरपालिकाकी उपमेयर कमला बस्नेतको प्रमुख आतिथ्यतामा भएको थियो । त्यस्तै कार्यक्रमको बारेमा भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले जानकारी दिनुुभएको थियो । कार्यक्रममा एचआईका प्रतिनिधि कुुश्माकर न्यौपानेले भीमेश्वर नगरपालिकाभित्रका पाँच वटा विद्यालयहरु कालिञ्चोक मावि, पशुुपति कन्या मावि, क्षमावती मावि, महेन्द्रदय मावि र भीमेश्वर बहिरा विद्यालयमा समावेशी शिक्षामा अपाङ्ग बालबालिकामैत्री विद्यालय निर्माणको लागि प्राविधिक सहयोग गर्दै आएको बताउनुु भयो ।