गत वर्ष मात्र नाम सुनेको हो दूूधकुण्डको । मलाई दोलखाको दूूधकुुण्डको बारेमा मात्र जानकार थिए । गौरीशंकर गाउँपालिका वडा नं. ९ स्थित दूूधकुुण्ड गुुगलमा सर्च गर्दा खासै भेटिदैन । तर, सोलुदूूधकुण्ड फ्याट्ट भेटिहाल्छ । फोटो, भिडियो हेरे निकै आकर्षक र रमणीय लाग्यो । हिमालकै काखमा आर्कषक कुण्ड ।
दुधकुण्डमा जनै पूूर्णिमाको दिन भव्य मेला पनि लाग्दो रहेछ । धेरैको फेसबुकमा फोटो र टिकटक भिडियो तिनै दूूधकुुण्डले भरिएको थियोे । त्यसपछि कहिले जाउँ जाउँ भनेर मनमा काउकुुती लागिरह्यो । तर, नयाँ ठाउँमा एक्लै जाने कुुरा पनि भएन । कहाँ कसरी जाने भन्नेमै दिनहरु बितिरहेका थिए ।
यसपटक ध्रुव आचार्यसँग घुम्ने योजना बुुन्यो । भदौ २ गते मिति र समय पनि जुरी सकेको थियो । तर मेरै कारणले यात्रा अघि बढ्न सकेन । अहिलेसम्म तोकिएको यात्रा अपूरा भएको यो नै पहिलो हो । विशेष गरी दुुई हप्ताको पचास हजार जत्ति लाग्ने रहेछ । त्यही पैसा जोहो गर्न नसक्नुु र मेरै कारणले यात्रा अघि बढ्न नसक्नुुले अहिले पनि खल्लो लागेको छ ।
भदौ १ गते बेलुुकी मोहन लुुईटेल दाईको म्यासेज आयो । त्यो पनि फोटो सहित । झट्ट हेर्दा फोटो चिनेन । कहाँको हो दाई ? कहिले जाने ? भनेर मैले रिप्लाई गरे । उहाँले सोलुदुुण्ड हो । जाने समय मिलाउन आग्रह गर्नुुभयो । मलाई पनि बडिमालिका जान नपाएको झोकमा के खोज्छ.. आँखा भने जस्तै भयो । लुु तुुरुन्तै जाने सल्लाह म्यासेजमै भयो । ५ र ७ गते मिति तोक्यो । तर ७ गते नेकपा माओवादी विप्लप पार्टीको नेपाल बन्दको कारण यात्रा सफल हुन सकेन । ८ गते नहिडौ भन्यौ र ९ गते तय भयो । बिहान ८ः३० बजे सातदोबाटोबाट यात्रा अघि बढ्यो । गाडीमा महित मोहन लुुईटेल, रामुु खतिवडा र चालक दिवस तामाङ । तामाकोशी बजार रमेश होटलमा बिहानको खाना खायौ । बेलुकीको बसाई सल्लेरीमा बस्ने निर्णय भयो । माया शेर्पाको क्याफे दि हिमालय किचेनमा खाना खायौ । बसाई व्यवस्था उहाँले नजिकैको होटलमा गर्नुु भएको रहेछ ।
भोलिपल्ट बिहान ७ः३० बजे यात्रा अघि बढ्यो । फाप्लुु विमानस्थल कटेपछि निकै रमाइलो थियो वातावरण । चिटिक्क परेका घरहरु । अझ वर्षायाम भएकाले बादलले पनि सुुन्दरता भरिएको थियो । ३ घण्टा जत्तिमा कच्ची सडक हुुँदै टाक्सिण्डुु डाँडामा पुुग्यौ । बिहानको खानापछि पैदल यात्रा सुुरु भयो । नयाँ ठाउँ भएकाले बाटोको बारेमा सबैलाई चासो थियो । कत्तिबेला पुुग्ने हो ? अब कुुन ठाउँ आउने हो भनेर गाईड ग्याल्जेन शेर्पा र डोमी शेर्पासँग सोधेको सोधै थियौ । बाटो फराकिला र केही उकालो थियो । लगभग ३ बजेतिर गेलुु दाईको गोठमा पुुग्यौ । त्यही आलुु र सुुच्याले पेट पुूजा गर्यौ । मौसमले त्यत्ती धेरै साथ दिएको थिएन । तरपनि छाता ओढेकै भरमा सानो बेनी पुुग्यौ । यहाँबाट लगभग दुुई घण्टामा पुुग्ने भएकाले यात्रा अघि बढ््यो । बेलुुकी ६ बजेतिर ठूलो बेनी (सहर्सा बेनी) बासमा पुुग्यौ । आङदावा शेर्पाको एभरग्रीन लजमा आजको बास । चार हजार सत्तरी मिटर उचाईको बास भएर होला निकै चिसो । उचाईकै कारण रातभर निद्रा पनि लागेन कसैलाई । एकतिर थकाई, अर्कोतिर जाडो । अनि भोलिपल्ट बिहानै उठेर हिड्नुपर्ने चिन्ता ।
बिहान ५ बजे नै उकालो लाग्ने योजना बुन्दै ओछ्यानमा ढल्क्यौ । बिहान सबेरै उठ्न सबैले अल्छी लाग्यो । साढे पाँचतिर आँखा मिच्दै उकालो लाग्यौ । हाम्रै लागि भनेजसरी खुला आकाश । खुशी हुुँदै छिटो छिटो पाइला चाल्यौ । तर अलिकति उकालो आउने बित्तिकै आँखाले भन्दा खुट्टाले पहिला थाहा पाउथ्यो । उकालो बाटो, उचाई पनि जत्ति चढ्यो उति बढ्दै जाने । जत्ति माथि चढ्यो उत्तिनै रमणीय फाँटहरु, डाँडाहरु, झरनाहरु, खोलाहरु, हामीलाईनै झिस्काएको जस्तै लाग्ने सेताम्मे हिमालहरु । बाटो वरिपरि सजिएका फूलबारी झैं लाग्ने रंगीबिरङ्गी फूलहरु । कलकल गर्दै मसिनो स्वरमा बगेका खोलाहरु । यिनै वातावरणले थकाई, प्यास सबै भुल्दै अघि बढ्यौ । लगभग साढे दुुई घण्टाको हिडाईपछि बल्ल आईपुुग्यौ दूूधकुुण्ड । चार हजार पाँच सय साठी मिटर उचाईमा अवस्थित दूूधकुण्डमा जब आँखा पर्यो । संसार बिर्सेको महशुुस भयो । थकाई त परै जाओस । मान्छेहरु स्वर्ग स्वर्ग भन्थे । मेरो लागि स्वर्गको एक टुुक्रा कतै यतै पो खसेको हो कि भन्ने लाग्यो । बिस्तार बिस्तार बादलले आक्रमण गर्न खोजेको जस्तो लाग्यो । त्यसैले हतार हतार क्यामेरा सोझ्याउन थाले कुण्डको फरक फरक ठाउँबाट तस्बिरहरु । फोटो खिच्ने कि कुण्ड, हिमाल, पहाड, डाँडाकाँडा नियाल्ने कहिलेकाही निकै अल्मलिए । तरपनि बादलले छोप्छ कि भन्ने डरले हतार हतार फोटो कैद गर्न थाले ।
नुम्बुर, खताङ र कार्यालुुङ हिमालको काखैमा झैं लाग्छ दूधकुुण्ड । बुदिष्ट र हिन्दुु दुवै धर्मीलम्बीहरुका आस्थाको केन्द्र मानिन्छ दूधकुण्ड ।