चरिकोट, २७ भदौ
नेपाल कम्युनिस्ट पार्टी, दोलखाको छैटौं जिल्ला सम्मेलन भदौ २४ गते दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन समारोह पुर्व र्याली प्रदर्शन गरिएको थियो । पन्चेबाजा र झाँकीसहित भएको उक्त प्रदर्शन दोलखा जिल्लाको सदरमुकाम चरिकोटको चरिघ्याङ्गबाट शुरु भई सातदोबाटो चोक हुँदै सडकविभाग गेट पुगेर पुनः सातदोबाटो चोक हुँदै चरिघ्याङ्गसम्म पुगेको थियो ।
अर्जुन योगीको अध्यक्षतामा भएको सम्मेलनको उद्घाटनमा पार्टीका केन्द्रीय सदस्य एवम् दोलखा जिल्ला इन्चार्ज प्रेम दर्नाल, विकल्प प्रमुख अतिथि त्यस्तैरहनु भएको थियो । कार्यक्रममा पार्टीका विशेष समिति सदस्यहरु यादव दाहाल, संजीप नेपाली, अनेरास्ववियू क्रान्तिकारीका केन्द्रीय सदस्य प्रजिना दर्नाल, लगायत सहिद परिवारहरुको समेत सहभागिता रहेको थियो ।
सम्मेलनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि प्रेम दर्नालले यो सम्मेलन पुँजीवादी सत्ता र संसदीय व्यवस्था ढाल्नको निमित्त संघर्षको उद्घाटन भएको बताउनु भयो । आफ्नो भनाईका क्रममा उहाँले आफ्नो पार्टीको विगत सात वर्षदेखिको संघर्षले पुँजीवादी सत्ता र दलाल संसदीय व्यवस्थालाई मृत्युको शैयामा र्पुर्याई सकेको बताउँनु भयो । सो अवसरमा वहाँले देश र जनताको चम्किलो भाग्य र भविष्यको व्यवस्था वैज्ञानिक समाजवाद स्थापना हुनु पर्ने बताउँनु भयो । यहाँले नेपाल कम्युनिस्ट पार्टी र यसको कुशल नेतृत्वहरुबाट मात्रै नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्न सकिने बताउदै वैज्ञानिक समाजवादी व्यवस्थामा जनताले प्राप्त गर्ने अधिकारहरुका बारेमा स्पष्ट व्याख्या गर्नु भएको थियो ।
सम्मेलनको उद्घाटन समारोहमा राजन धनुकेले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने संजीप नेपालीले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
सम्मेलनको बन्द सत्र समारोहमा राजन धनुके, राजकुमार लामीछाने, बसुन थामी रहेको तीन सदस्यीय अध्यक्ष मण्डल बनेको थियो । उक्त अध्यक्ष मण्डलको तर्फबाट राजन धनुकेले बन्द सत्र समारोहको संचालन गर्नु भएको थियो । उक्त बन्द सत्रमा बोल्दै अर्जुन योगीले दलाल पुँजीवादी राज्यसत्ता, संसदीय व्यवस्था र राष्ट्रघात अन्त्यको निम्ति निर्णायक आन्दोलन र वैज्ञानिक समाजवाद स्थापनाको लागि एकीकृत जनक्रान्तिको दिशामा ऐतिहासिक छैटौं दोलखा जिल्ला सम्मेलन भन्ने शीर्षकको राजनीतिक प्रतिवेदन पेश गर्नु भएको थियो । भने उक्त प्रतिवेदन एकमतले पारित भएको थियो ।
बन्द सत्र समारोहमा प्रमुख अतिथि प्रेम दर्नालले अर्जुन योगीको नेतृत्व सेक्रेटरीमा ३१ सदस्यीय दोलखा जिल्ला समितिको प्रस्ताव पेश गर्नु भएको थियो ।, उक्त प्रस्ताव एक मतले पारित भएको थियो । तत्पश्चात निर्वाचित समितिलाई यादव दाहालले बधाई मन्तव्य दिनु भएको थियो । उक्त सम्मेलनको उद्घाटन समारोह र बन्द सत्रमा सामना सांस्कृतिक परिवारका कलाकारहरुले आधा दर्जन प्रस्तुति प्रदर्शन गरेका थिए ।