सरकारले गुणस्तरीय शिक्षा संगै स्वास्थ्य र रोजगारीलाई जोडेर योजना बनाउनु पर्ने दोलखा भीमेश्वर नगरपालिकाका मेयर इश्वर नारायण मानन्धरले बताउनु भएको छ ।
दोलखा सदरमुकाम चरिकोटमा शिक्षा अधिकारः मानब अधिकार भन्ने मुल नाराका साथ ७४ औं अन्तराष्ट्रिय मानब अधिकार दिवसको अवसरमा नि शुल्क गुणस्तरिय सार्वजनीक शिक्षा विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मेयर मानन्धरले यस्तो बताउनु भएको हो । शिक्षालाई विकासको मुल आधार मानि अहिले थुप्रै योजना बने पनि कार्यान्वयनमा चुनौती हुदाँ गुणस्तरीय शिक्षामा असर परेको उहाँका भनाई छ ।
स्थानीय सरकार गुणस्तरी शिक्षाको लागि काम गरिरहेको छ, धेरै शिक्षित व्यक्तिहरु पनि बेरोजगार रहेको बताउदै अब शिक्षालाई स्वास्थ्य र रोजगारी संग जोड्नु आजको आवश्यकता रहेको पनि वहाँले बताउनु भयो ।
कार्यक्रम शिक्षाका लागि राष्ट्रिय अभियान सहित हुराडेक नेपाल दोलखा, नेपाल पत्रकार महासंघ दोलखा, मानव अधिकार एलाईन्स दोलखा, नेपाल बार एशोसिएसन दोलखा, ईन्सेक र आवाज नेपाल दोलखाले आयोजना गरेका हुन् ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वय समिती दोलखाको आयोजना भएको कार्यक्रममा कुटिडाडा माध्यमीक विद्यालयका प्रधानाध्यापक शंकरलाल श्रेष्ठले गुणस्तरी शिक्षाका लागि हाल भैरहेका गतिविधि, स्थानीय तहको योजना, शिक्षामा देखिएका चुनौति समस्या लगाएतका बारेमा जानकारी गराउनु भएको थियो ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वय समिती दोलखाका अध्यक्ष उद्धब प्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस काउन्सिलका केन्द्रिय सदस्य चिञ्जीवी मास्के, नेपाल पत्रकार महाासंघका केन्द्रिय सदस्य रमेश खतिवडा, भीमेश्वर नगरपालिका शिक्षा शाखा प्रमुख अर्जुन कार्की, पत्रकार महाँसघ दोलखाका सचिव दिलबहादुर केसी लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।