चरिकोट, २६ पुष
करिव डेढ दर्जनको संख्यामा बाणिज्य तथा विकास बैंकहरुको शाखा सदरमुकामा चरिकोटमा सञ्चालनमा रहेका छन् । यी बैंकका शाखाहरुमा मध्य धेरैको नेतृत्व दोलखाली युवाले गरिरहेका छन् ।
सदरमुकाम चरिकोटमा रहेका १७ वटा बैंकका शाखाहरुमा दोलखाली युवाले शाखा प्रमुखको रुपमा रहेका छन् । चरिकोट शाखा रहेका बैंकहरुमध्ये लक्ष्मी बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक, मेगा बैंक नेपाल, सिन्धु विकास बैंक, सिटिजन बैंक, एनआईसी एसिया बैंक, कृषि विकास बैंक, सेञ्चुरी बैंक, प्रभु बैंक र राष्ट्रिय सहकारी बैंकमा दोलखाली रहेका छन् । यी बाहेक चरिकोट शाखा रहेका बैंकहरु ग्लोवल आईएमई बैंक, हिमालयन बैंक, महालक्ष्मी बैंक, नविल बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकमा मात्र दोलखाली बाहेकका शाखा प्रमुखहरु रहेका छन् ।
चरिकोटमा रहेका १७ वटा शाखा बैंकहरुमध्ये ११ वटामा दोलखाली युवाले जिम्मेवारी सम्हाल्दै आएका छन् । लक्ष्मी बैंकमा दिपेन्द्र घिमिरे, सिद्धार्थ बैंकमा पेमछिरी शेर्पा, कुमारी बैंकमा सुरेन्द्र केसी, मेगा बैंक नेपालमा कपिल भण्डारी, सिन्धु विकास बैंकमा मुकेश श्रेष्ठ, सिटिजन बैंकमा पुस्कर कार्की, एनआईसी एसिया बैंकमा रामकृष्ण खत्री, कृषि विकास बैंकमा सन्तोष कार्की, सेञ्चुरी बैंकमा कुवेर सापकोटा, प्रभु बैंकमा सुशिल थापा र राष्ट्रिय सहकारी बैंकमा हेमन्त चौलागाई नेतृत्व गरिरहनु भएको छ ।