चरिकोट १ माघ
नेपाल रेडक्रस सोसाइटी पवटी उपशाखा मेलुङ १ पवटीको चौथो अधिवेशन तथा उपशाखा सभा सम्पन्न भएको छ । उपशाखाका सभापति शिव कुमार भुजेलको सभापतित्व तथा मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार थोकरको प्रमुख आतिथ्यता र मेलुङ गाउँपालिकाका उपाध्यक्ष गायत्री आचार्य, वडा नं १ का वडा अध्यक्ष ईश्वर कोइराला,रेडक्रस दोलखा शाखाका सदस्य एवम पवटी उपशाखा अधिवेशनको लागि निर्वाचन अधिकृत गीताकृष्ण शर्माको विषेश आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
उपशाखा अधिवेशन तथा सभामा प्रमुख अतिथि हिरा कुमार थोकर, विशेष अतिथि गायत्री आचार्य, ईश्वर कोइराला,गीताकृष्ण शर्मा र अतिथिहरु नेकपा एमाले पवटीका पार्टी अध्यक्ष एवम सत्यश्वर माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कपिलमणी न्यौपाने ,नेपाली काँग्रेस पवटीका सभापति शान्त बहादुर कार्की, विन्धवासिनी आधारभूत विद्यालयका प्रधानाध्यापक तथा रेडक्रस पवटीका पुर्व सभापति भीम बहादुर कोइरालाले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।
कार्यक्रममा उपशाखाका सदस्य संजय बस्नेतले स्वागत मन्तव्य र उपशाखाका सचिव नारायण बहादुर ढकाल, कोषाध्यक्ष विकुन्द्र कोइरालाले उपशाखाको संस्थागत तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
सत्यश्वर माविको सामुदायिक भवनमा हिजो भएको अधिवेशनले २ वर्षे कार्यकालका लागि पुनः शिव कुमार भुजेल सभापति रहने गरि ११ जनाको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । जसमा उपसभापतिमा जमुना ठकुरी,सचिव नारायण बहादुर ढकाल,सहसचिव संजय बस्नेत,कोषाध्यक्ष विकुन्द्र कोइराला,उपकोषाध्यक्ष शंकर प्रसाद उप्रेती र सदस्यहरु बिष्णु प्रसाद आचार्य , किशोर प्रसाद कोइराला,कल्पना केसी उप्रेती ,नारायण पाण्डे र हरि बहादुर कोइराला रहेका छन ।
उपशाखा अधिवेशन तथा सभामा पवटी उपशाखाका लागि आजीवन सदस्य विस्तार देखि उपशाखा स्थापना साथै पवटी रेडक्रसको विकास र विस्तारमा पुर्याएको योगदानको कदर गर्दै उपशाखाका पुर्व सभापति सिताराम ओली र भीम बहादुर कोइरालााई सम्मान गरेको छ । हाल पवटी उपशाखामा ८७ जना आजीवन सदस्य रहेका छन ।