दोलखाको बैतेश्वर गाउँपालिकामा आज देखी यस तेस्रो रास्ट्रपति रनिङ्ग शिल्ड खेल अन्तर्गतको भलिबल खेल सुरु भएको छ्।बैतेश्वर गाउँपालिकाको आयोजना तथा हनुमन्तेश्वर माध्यमिक विद्यालयको व्यवस्थापनमा सुरु भएको तेस्रो रास्ट्रपति रनिङ्ग शिल प्रतियोगितामा बैतेश्वर गाउँपालिका भित्रका ९ वटा माध्यमिक विद्यालयले सहभागिता जनाएका छन् ।
उद्घाटन चरणको लिग चरणको भलिबल खेल अन्तिम चरणमा पुगेको छ्।लिग चरण भलिबल खेलमा छात्र तर्फको कालिका माध्यमिक विद्यालय बैतेश्वर-७ र आयोजक विद्यालय हनुमन्तेश्व माध्यमिक बैतेश्वर-४ बीचको पहिलो खेलमा हनुमन्तेश्वर माध्यमिक विद्यालयले जित हातपारेको छ्। छ्।त्यस्तै कालिढुङा माध्यमिक विद्यालय बैतेश्वर-३ मिर्गे र जनज्योति माध्यमिक विद्यालय बैतेश्वर-२ बीच भएको खेलमा कालिढुङ्गा माध्यमिक विद्यालयले जित हात पारेको छ्।त्यस्तै लिग चरणकै विष्णु माध्यमिक विद्यालय बैतेश्वर-१ र जलदेवी माध्यमिक विद्यालय बैतेश्वर-५ बीच भएको खेलमा विष्णु माध्यमिक विद्यालयले जित हातपारेको छ्।त्यस्तै क्षत्रवति माध्यमिक विद्यालय बैतेश्वर-८ र बैतेश्वर माध्यमिक विद्यालय बैतेश्वर-६ बीच भएको खेलमा क्षत्रवति माध्यमिक विद्यालयले जित हात परेको छ्।त्यसैगरी विष्णु माध्यमिक विद्यालय बैतेश्वर-१ र सनराईज बोर्डिङ स्कुल बीच भएको खेलमा विष्णु माविले जितहात पारेको हो।त्यसैगरी छात्रा तर्फको लिग चरणको खेलमा हनुमन्तेश्वर माध्यमिक विद्यालय,विष्णु माध्यमिक विद्यालय,कालिका माध्यमिक विद्यालय र सनराईज स्कुलले जितहात पारेका छन्।
शुक्रबार लिग चरणको खेल सकिए पछि दोस्रो चरणको खेल सुरु हुने छ्।त्यस्तै भलिबल बाहेकका अन्य खेलहरु सटफुट,दौड,ज्यावलिन थ्रो,८०० मिटर दौड,फिल्ड तर्फका सबै खेल भोलि देखी सुरु हुने आयोजक विद्यालय, हनुमन्तेश्वर माध्यमिक विद्यालयका प्रअ-भरत दाहालले जानकारी दिए।उद्घाटन चरणको आजको खेललाई उद्घाटन गर्दै बैतेश्वर गाउँपालिका अध्यक्ष छबि लामाले खेलकुद क्षेत्रको बिकासमा बैतेश्वर गाउँपालिकाको साथ सधै रहने बताए।उनले रास्ट्रपति कपमा सहभागी बनेका सबै विद्यार्थी खेलाडीहरुलाई अनुशाशनमा रहेर खेल खेल्न अनुरोध गरेका थिए।साथै स्कुल हुदै राष्ट्रिय स्तरका खेलमा सहभागी हुन शुभकामना दिए।कार्यक्रमका प्रमुख अतिथि शिक्षा तथा समन्वय समिति दोलखाका प्रमुख शंकरबाबु श्रेष्ठले पालिगा भित्रका ९ वटा विद्यालयलाई उत्कृष्ट खेल खेलेर कप जित्न शुभकामना प्रकट गरेका थिए।तेस्रो रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता प्रथम,दोस्रो र तेस्रो हुने विद्यालयले नगद १० हजार शिल्ड,मेडल,ट्रफी र प्रमाणपत्र बाउने छ।त्यस्तै दोस्रो हुने नगद ७ हजार शिल्ड,मेडल,ट्रफी र प्रमाणपत्र,त्यस्तै तेस्रो हुने विद्यालयले नगद ५ हजार शिल्ड,मेडल,ट्रफी र प्रमाणपत्र पाउने छन्।अन्य सहभागी विद्यालयले प्रमाणपत्र तथा मेडल पाउने छन्।सनिवार सम्म तेस्रो रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बैतेश्वर गाउँपालिका अध्यक्ष छबि लामाको सभापतित्व तथा शिक्षा समन्वय समिति दोलखाका प्रमुख शंकरबाबु श्रेष्ठको प्रमुख आतिथ्यतमा खेलको उद्घाटन गरिएको बैतेश्वर गाउँपालिकाको प्रेस संयोजक सुबास बस्नेतले जानकारी दिए।