पवटी, १४ माघ
दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १ पवटीमा थपलिया वंशका पुर्खाले निर्माण गरेको पाटी जीर्णोद्दार तथा पुर्ननिर्माणका लागि शिलान्यास भएको छ ।
आज भन्दा ३०५ वर्ष अगाडि वि सं १७७४ सालमा बाटो हिड्ने पैदल यात्रीहरु वास बस्नको लागि पण्डित नन्दखर थपलियाले निर्माण गरेको पाटी २०७२ सालमा गएको विनाशकारी भुकम्पको कारण पाटीमा क्षति पुगेको थियो ।
आफ्ना पुर्खाले धार्मिक एवम सामाजिक आस्थाले निर्माण गरिएको पाटी भुकम्पले भत्काए पछि थपलिया वंशका विशिष्ट व्यक्तिहरु प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया, बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, नेपाल सरकारका सचिव राम प्रसाद थपलिया र पत्रकार एवम समाजसेवी अर्जुन थपलिया, पुर्व शिक्षक एवम बुद्धिजीवी योगराज थपलियाको विशेष पहलमा भत्किएको ७ वर्ष पछि राष्ट्रिय पुरातत्त्व विभाग बाट २ करोड ३२ लाख लागतमा पाटी पुनः निर्माण हुन लागेको हो ।
ऐतिहासिक सम्पदा संरक्षणका लागि पुरातत्त्व विभाग बाट पाटी जीर्णोद्दार तथा पुनः निर्माणका लागि बजेट विनियोजन भएपछि उक्त पाटी पाटी पुनस् निर्माणका लागि प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया, नेपाल सरकार बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, नेपाल सरकारका सचिव राम प्रसाद थपलिया, पुर्व शिक्षक एवम बुद्धिजीवी योगराज थपलिया र मेलुङ गाउँपालिकाकि उपाध्यक्ष गायत्री आचार्यले संयुक्त रुपमा पाटी शिलान्यास गर्नु भएको हो ।
हाल पुनः निर्माण हुन लागेको पाटी पुरानै शैलि,ढाँचा र साइजमै निर्माण हुनेछ तर छानो भने यस अघिको पाटीमा झिगटिले छाइएको थियो भने नयाँ बन्ने पाटीमा भने तामाको पाताको छानो लगाइने पाटी जीर्णोद्दार तथा पुनः निर्माण समितिका अध्यक्ष योगराज थपलियाले जानकारी दिनुभयो ।
पाटी पुनः निर्माण तथा जीर्णोद्दार समितिका अध्यक्ष योगराज थपलियको अध्यक्षतामा तथा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको प्रमुख आतिथ्यतामा र बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया र नेपाल सरकारका सचिव राम प्रसाद थपलियाको विशेष आतिथ्यतामा सम्पन्न भएको शिलान्यास कार्यक्रममा प्रमुख अतिथि,विशेष अतिथिहरु,नेकपा एमालेका दोलखा जिल्ला अध्यक्ष नर बहादुर श्रेष्ठ,नेपाली काँग्रेस दोलखाका पार्टी सभापति बर्मा लामा,मेलुङ गाउँपालिकाको उपाध्यक्ष गायत्री आचार्य र मेलुङ गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष ईश्वर कोइराला लगायतले पुरातात्त्विक महत्त्वका ऐतिहासिक सम्पदाहरुको संरक्षणमा सबैले ध्यान दिनुपर्ने र यस्ता कार्यमा आफूहरू सँधै लागिपर्ने मन्तव्य राख्नुभएको थियो ।
पाटी शिलान्यास कार्यक्रमको अवसरमा मेलुङ गाउँपालिका वडा नम्बर १ मा रहेको श्री सिम्टे समाज सुधार समितिको तर्फबाट कार्यक्रमका अध्यक्ष,प्रमुख अतिथि र विशेष अतिथि गरि ५ जनालाई संस्थाका सचिव कृष्णप्रसाद थपलियाले दोलखाका ऐतिहासिक तथा धार्मिक महत्त्व दर्शाउने स्थानहरुको तस्बिर राखिएको मायाको चिनो प्रदान गर्नु भएको थियो ।