चरिकोट, १८ फागुन
राष्ट्रपति विद्यादेवी भण्डारीले दोलखामा निर्माण हुने तामाकोसी तेस्रो जलविद्युत आयोजनालाई कार्यन्वयनमा ल्याउन पहल जरुरी रहेको बताउँनु भएको छ । आज दोलखा सदरमुकाम चरिकोटमा आयोजित टुकी प्रदर्शनी कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै राष्ट्रपति भण्डारीले तामाकोसी तेस्रो जलविद्युत आयोजनालाई कायन्वयनमा ल्याउन पहल जरुरी रहेको बताउँनु भएको हो ।
दोलखा जलस्रोतमा धनी जिल्ला भएको भन्दै राष्ट्रपति भण्डारीले स्वदेशी पुँजीमा निर्माण सम्पन्न भएको देशको गौरब माथिल्लो तामाकोसी जलविद्युत आयोजना र अन्य विद्युत आयोजनाहरुले देशको विद्युत खपथमा दोलखा जिल्लाले उल्लेख्य योगदान पु¥याएको उल्लेख गर्नु भयो । कार्यक्रमलाई सम्बोधन गुर्न हुँदै राष्ट्रपति भण्डारीले दोलखाको लामावगरदेखि चीन जोड्ने सडकको लागि पहल भैरहेको बताउँनु भयो । “प्राचीनकालदेखि यो जिल्लाको चीनसँगको व्यापार विनियमको सम्बन्ध छ । परम्परागत उक्त व्यपारिक मार्ग दोलखाको लामावगरदेखि चीन जोड्ने सडकको लागि पहल भैरहेकै छ । उक्त मार्ग खुलेमा यो जिल्ला हुँदै चीन र भारतसँग छोटो दुरीमा त्रिदेशिय यातायात सिधा सम्पर्क हुने छ ।” राष्ट्रपति भण्डारीले उल्लेख गर्नु भयो । चीनसँगको सिधा मार्ग खुल्नसके दोलखाको मात्र हैन, नेपालको विकासमा थप टेवा पुग्ने वहाँको भनाई थियो ।
आफ्नो सम्बोधनमा राष्ट्रपति भण्डारीले दोलखा प्राचीन सभ्यतादेखि इतिहास, धर्म, संस्कृतिको पहिचान बोकेको जिल्ला भएकोले यो जिल्लाका ऐतिहासिक मूल्य मान्यताको जगेर्ना गर्नमा जोड दिनु पर्ने बताउँनु भयो । हिन्दु देवता शिव र पार्वतीको वासस्थान गौरीशङ्क हिमाल जस्तो पवित्रस्थल दोलखा जिल्लामा हुनु आफैमा गौरवको विषय भएको भन्दै वहाँले भीमेश्वर, कालिञ्चोक मन्दिर र बौद्धमार्गीहरुको विभिन्न गुम्वाहरु रहेको पवित्र भूमिमा आउन पाउदा खुसी लागेको उल्लेख गर्नु भयो ।
दोलखा जिल्ला हिमाल पहाड र वेशीहरुको धनी पर्यटकीय जिल्ला भएकोले र दोलखामा हिमचितुवा र रेडपाण्डा जस्ता लोखोउन्मुख जंगली जनावार पाइनु खुसीको कुरा भएको वहाँले बताउँनु भयो । दोलखाका बन जंगल, जडिजुटीहरु समुदायको जीविकोपार्जनका स्रोत हुनासो साथै अपार प्राकृति सम्पदा र धार्मिक स्थलहरु दोलखाको पर्यटन क्षेत्रका दरिलो आधार भएको उल्लेख गनु भयो । पर्यटन क्षेत्रमार्फत जनताका जीवनस्तर उठाउन सकिने भन्दै वहाँले यसका लागि आवश्यक योजना र पहल जरुरी रहेको बताउँनु भयो ।
हिमाली तथा उच्च पहाडी क्षेत्रमा याक, चौरी र भेडा पालन व्यवसाय गर्ने किसानहरुका समस्याहरुलाई ध्यान दिनु जरुरी रहेको भन्दै वहाँले पशु वीमाको सहजता र उच्च भेगका पशुपालनका लागि चरिचरणमा सहजता, उत्पादित वस्तुहरुको ढुवानी सरलता र विक्रीका लागि बजारको व्यवस्था हुनु पर्नेमा जोड दिनु भयो ।
खरिढुङ्गा म्याग्नेसाइट उद्योगको सञ्चालनमा जोड दिनुमा जोड दिनु हुदै राष्ट्रपति भण्डारीले जिल्लाले प्राथमिकतामा राखेको चलचित्र नगरी निर्माण गर्ने आयोजनालाई सफल बनाउने पहल गर्नु पर्ने बताउँनु भयो ।
टुकी अवधारणा र अभियानको ४५ बर्ष पुगेको अवसरमा दोलखा सदरमुकमा चरिकोटमा टुकी प्रदर्शनी कार्यक्रम आयोजना गरिएको हो । ग्रामीण विकास टुकी संघ चरिकोट र टुकी संघ सुनकोशीले कार्यक्रमको आयोजना गरेको हो । हेलिकप्टर मार्फत बिहान दोलखा आर्लनु भएका राष्ट्रपति भण्डारीले प्रसिद्ध दोलखा भीमेश्वरको दर्शन समेत गर्नु भएको थियो ।