चरिकोट, १९ फागुन
संघीय सरकारका उपप्रधान एवम भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले जनताको बलीदानीबाट प्राप्त देसमा बहाली संघीय लोकतन्त्रको प्रत्याभूति दिन सबै लाग्नुपर्ने बताउनु भएको छ ।
आज दोलखा सदरमुकाम चरीकोटमा दोलखा चेम्बर अफ कमर्सले आयोजना गरेको नौ दिने दोलखा महोत्सबको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले सो कुरा बताउनु भएको हो । मन्त्री श्रेष्ठले भन्नु भयो, सामाजिक तथा आर्थिक रुपान्तरण्न गर्न सरकारले मात्र सक्दैन, निजी क्षेत्र र सबै रानीतिक दल लाग्नु पर्छ । जनताले शिक्षा, स्वास्थ्य, रोजगारी, बिजुली, खानेपानी लगायतका आधारभूत आवश्यकता उपभोग गर्नै पाउने गरी सामाजिक न्याय स्थापित गर्नु केन्द्रीय कार्य भार हो । यसमा सबैको चिन्ता,चासो र ध्याननको खाँचो छ ।
जनताका समस्या फुकाउन सरकार प्रतिवद्ध छ । उहाँले भन्नु भयो, यसका लागि सधिनता, सार्वभौम अखण्डलाई जोगाउनु छ । रक्षा तथा सदृढ गर्नुछ । राजनीतिक परिवर्तन तथा संविधानलाई बचाउनु छ । सत्य निरुपण तथा बेपत्ताका कामलाई तीब्रता पूर्वक गर्नु पछि ।
भ्रष्टाचारीलाई कामबाही गरी सुशासनको पत्याभूत गर्नै पर्छ । उहाँले भन्नु भयो, नभए इमान्दार भएको ठहरिँदैन । विकासको पाइलामा तीब्ररुपमा लाग्न ठोस एकीकृत कार्ययोजनाहरु बनिरहेका छन् । विकासे खर्च भएको छैन । व्वापार घाटा कम गर्न उत्पादनमा जोड दिनै पर्छ । उहाँले भन्नु भयो, यावत समस्या समाधान गर्नु छ । यसका लागि राष्ट्रिय सहमति हुनैपर्छ । सहमति नभएसम्म देसमा समृद्धि आउँदैन । बाध्यवश करिब ३० लाख विदेशिएका युवालाई देसमा बस्ने वातावरण सिर्जना गर्नु पनि छ । यसका लागि सबैमा विशेष अपिल गर्न चाहन्छु ।
दोलखाको गतको भूकम्प तथा कोरोना समेतले थलिएको आन्तरिक पर्यटन, कृषि तथा उद्योग व्यवसायलाई चलायमान गराउने उद्देश्यले दोलखा महोत्सब २०७९ आयोजना गरिएको आयोजकले जनाएको छ ।