२०६२/६३ को जनआन्दोलन पछि मुलुकमा नयाँ शासन व्यवस्था आयो । माधव ढुंगेल अध्यक्ष हुँदा ओली अखिलको केन्द्रीय सदस्य थिए । राजधानी काठमाण्डौमा पढ्न जाने दोलखाली विद्यार्थीहरुको सेवा र सहयोगमा अहोरात्र खट्थे उनी । सम्पर्क मञ्चमका सक्रियपूर्वक काम गर्दै थिए । २०७० सालको निर्वाचनअघि नेकपा एमाले दोलखाले दिएको जिम्मेवारी सहित उनी जिल्ला आए ।
पार्टीलाई दुवै क्षेत्रमा चुनाव जिताउन अहोरात्र खटे । क्षेत्र नं १ मा पार्वत गुरुङ र २ मा आनन्द पोखरेललाई एमालेले उम्मेदवारका रुपमा अघि सा¥यो । ओलीले दुवै निर्वाचन क्षेत्रको चुनावमा पार्टीका उम्मेदवारलाई जिताउन अहोरात्र खटेर काम गरे । खासगरी प्रचार र सांगठनिक परिचालनमा अब्बल उनी युवा तथा विद्यार्थी परिचालन गर्न माहिर थिए । निर्वाचनबाट दोलखाका दुवै क्षेत्रमा एमाले उम्मेदवार विजयी भए ।
पार्टी संगठनमा क्रियाशिल हुँदै गर्दा आर्थिक अभाव हुँदै जान थाल्यो । ओलीले राजनीति अथवा राजनीतिक कार्यकर्ता उत्पादनमुलक अभियानसँग जोडिनुपर्छ भन्ने कुरा राजधानी काठमाण्डौमा संगठन अभियानमा काम गर्दा नेताहरुसँग सिकेका थिए । आर्थिक उत्पादन र राजनीतिलाई सँगसँगै जोड्न सकेमा मात्र राजनीतिभित्र भ्रष्टीकरण घुस्दैन भन्ने बुझेका उनले दोलखा जिल्लामै केही गर्ने मनशाय बनाए ।
कालिञ्चोक पर्यटनले चम्कीदै थियो । कुरीमा सुनापाती होटल खोले । होटलले सफलता हासिल गर्दै गयो । चरिकोटमा त्यही होटलको चेन बनाए । चोथाङ भन्दा माथ्लो क्षेत्रमा खोलिएको रमाईलो घर नाम गरेको उनको होटल जिल्ला भर प्रख्यात छ ।
ओलीले आफ्नो होटल व्यवसायमा पाँच दर्जन बढी जिल्लाबासीलाई रोजगारी दिलाएका छन् । सक्रिय राजनीतिमा जोडिएकाहरुले व्यवसाय साथै आफ्नो दैनिकीलाई उत्पादन र रोजगारसँग जोड्न सके समाज परिवर्तन हुने कुरामा विश्वस्त छन् ओली । उनलाई कार्यकर्ताहरुले एमालेभित्र युवा उद्यम तथा रोजगार क्षेत्रका सुत्राधारका रुपमा हेरेका छन् । उनी नेतृत्वलाई पनि घच्घच्याईरहन्छन् ।
ओली विगत २ कार्यकाल यता नेकपा एमाले दोलखाको जिल्ला कमिटि सदस्य छन् । पार्टी निर्माण र संगठन सुदृढीकरण अभियानमा निरन्तर खटिदै आएका उनी दोलखा एमालेभित्र प्रभावशाली युवा नेता मध्येमा गनिन्छन् । पार्टी कार्यकर्ताहरुलाई आईपर्ने समस्या, सुख दुखमा अहोरात्र खट्न सक्ने स्वभावका ओलीले नेकपा एमाले दोलखाको सदरमुकाम चरिका्ेटमा चलिरहेको जिल्ला अधिवेशनमा उपसचिव पदमा उम्मेदवारी दिएका छन् ।
नेतासँग भन्दा पनि कार्यकर्ता माझ तुरुन्तै र असाध्यै बढी घुलमिल हुने सक्ने स्वभावका ओलीलाई नेकपा एमाले दोलखाको पदाधिकारी बन्ने सम्भावित र असाध्यै प्रतिष्पर्धी पात्रका रुपमा हेरिएको छ ।