दोलखाका सफल सुनचाँदी व्यवसायी दिपक धनुके सहकोषाध्यक्षमा निर्वाचित भएका छन् । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको केन्द्रीय सहकोषाध्यक्षमा धनुके निर्वाचित भएका हुन् । सहकोषाध्यक्ष दिपक धनुके १ सय ५७ मतसहित निर्वाचित भएका हुन् ।
काठमाडौमा सम्पन्न दशौं वार्षिक साधरण सभा तथा पाँचौं राष्ट्रिय महाधिवेशनबाट धनुके सहकोषाध्यक्ष निर्वाचित भएका हुन् । चरिकोटमा सुनचाँदी व्यवसायीमा फरक पहिचान बनाएका धनुके महासंघको सहकोषाध्यक्ष पदको जिम्मेवारी लिन सफल भएका छन् ।
महासंघको अध्यक्षमा किसान सुनार प्रथम उपाध्यक्ष द्वारिका विश्वकर्मा द्वितीय उपाध्यक्ष सुधीर सर्वसम्मत रुपमा र तृतीय उपाध्यक्ष प्रेम खाती, महासचिव विमल धमला, सचिव केशर विक सचिव पृथ्वी विक, कोषाध्यक्ष गणेश विक, सहकोषाध्यक्ष दिपक धनुके र १९ केन्द्रीय कार्यसमिति निर्वाचित भएका हुन् ।
कार्यसमिति सदस्यमा बृद्धिबहादुर विक, भूपेन विक, उमेश गहतराज, कुमार विश्वकर्मा, जगतबहादुर सुनार, राजेन्द्र विश्वकर्मा, केशवबहादुर सुनार, सोमबहादुर विक, कमलप्रसाद लामिछाने, त्रिलोचन विश्वकर्मा, किशोर सेन्चुरी, मानबहादुर सुनार, सूर्य कुमार बराल, सुरथबहादुर सुनार, हेम सागर गहतराज (सुनार), उमेश प्रसाद शाह, निरंजन कुमार शाह, प्रेमकुमार स्वर्णकार र विद्या सागर ताम्राकर निर्वाचित भएका छन् । यस्तै महिला सदस्यमा सुलोचना सापकोटा, दाना हमाल, लोप्साङ छोडेन शेर्पा, प्रदेश सदस्य (पदेन) मा देवीकृष्ण पाण्डेय र रामबहादुर विक सर्वसम्मत निर्वाचित भएका छन् ।