विभिन्न संघसंस्था र निकायमा आवद्ध व्यक्तिहरुको क्षमता अभिवृद्धिको लागि तालिम सुरु गरेको छ । भीमश्वर नगरपालिका ५ नं. वडा कार्यालयले ५ दिने उद्घोषण तथा क्षमता विकास कार्यक्रम सञ्चालन गरेको हो ।
५ नम्बर वडा कार्यालयले विकास निर्माणसँगै थालनी गरेका विभिन्न रचनात्मक गतिविधिको भीमेश्वर नगरपालिकाका उपमेयर कमला बस्नेतले प्रशंसा समेत गरेकी थिइन । उनले आगामी दिनमा क्षमता विकासका लागि रचनात्मक भूमिका निर्वाह गर्दै जाने प्रतिवद्धता समेत गरेकी थिइन ।
त्यस्तै उद्घाटन सत्रमा नेकपा एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धरले ५ नम्बर वडाको विकास र रचनात्मक कार्यहरु नियमित हुनुको साथै उद्घोषण तालिमले महिला, किशोरकिशोरी, युवा पुस्ता, विद्यार्थी, संघसंस्थाका पदाधिकारीहरुलाई कार्यक्रम सञ्चालनमा टेवा पुग्ने धारणा राखेका थिए । तालिमको उद्घाटन सत्रका सभाध्यक्ष तथा ५ नम्बरका वडाअध्यक्ष वासु श्रेष्ठले वडामा आफू निर्वाचित भएदेखिनै रचनात्मक तथा प्रभावकारी ढंगले काम गर्दै आईरहेको बताए ।
यही क्रममा महिलाहरुका लागि क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गरिएको बताए । कार्यक्रममा वडा सदस्य बालकृष्ण कुँवरले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा वडा नं. ५ का पूर्वअध्यक्ष रामचन्द्र बस्नेत, नेकपा एमाले दोलखाका युवा संघ नेपाल दोलखाका अध्यक्ष सरोज बस्नेत, अनेरास्ववियु दोलखाका अध्यक्ष रामचन्द्र केसी, नेकपा एमाले वडा कमिटि ५ का कार्यवाहक अध्यक्ष राजकुमार थापा, पत्रकार बाबुराम शर्मा, जीवन लामा, तारादेवी बस्नेत, बुना घिमिरे, जनकल्याण सहकारी दोलखाका अध्यक्ष राजन श्रेष्ठ, जेष्ठ नागरिक दोलखाका अध्यक्ष रंगध्वज बुढाथोकी, कार्यपालिका सदस्य मिना विक, वडासदस्य कुमार कार्की र एकमाया भुजेल लगायतको सहभागिता रहेको टुरजिम मिडिया नेटवर्कका निर्देशक तथा सम्पादक अर्जुन तामाङले जानकारी दिए ।