दोलखाको खरिढुंगामा अवस्थित ओरियन्ट म्याग्नेसाईट तत्काल सञ्चालनको लागि उद्योग मन्त्रीलाई ज्ञापनपत्र बुझाईएको छ । २५ वर्षदेखि बन्द रहेको म्याग्नेसाईट सञ्चालनको लागि उद्योग व्यवसायीहरुले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई ज्ञापनपत्र बुझाइएको हो ।
दक्षिण एसियाको तेश्रो ठूलो म्याग्नेसाईट उद्योगको रुपमा २०३५ सालमा, करिव ५३७५ रोपनी क्षेत्रफलमा ३ अर्व ५९ करोड लगानीमा सञ्चालनमा आएको ओरियन्ट म्याग्नेसाईट उद्योग अहिले भाग्नावाशेष अवस्थामा छ । नेपाल सरकार र भारतको ओरिसा इन्डस्ट्रिज प्रालिको संयुक्त लगानीमा सुरु भएको यस यद्योग करिव २५ वर्षदेखि पूर्ण रुपमा बन्द छ ।
म्याग्नेसाइट विश्व बजारमा उच्च माग भए तापनि हाम्रो खानी बन्द रहनु आफैमा दुखद हो । बन्द रहदै गर्दा वार्षिक रुपमा तलब, भत्ताको रुपमा करोडौ रुपैयाँ भुत्तानी हुनु तर यद्योग सञ्चालनमा उदासीन नहुनु, तदरुपता नदेखाउनु पछाडी राजनीतिक तथा व्यापारिक स्वार्थको छानबिन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गरिएको दोलखा उद्योग व्यवसायी संघका सचिव श्याम सुन्दर शिवाकोटीले जानकारी दिनुभयो ।
तत्कालिन अवस्थामै करिव १ हजार जना कामदार रहेको यस उद्योगले पुनः सञ्चालनमा आउँदा करिव २ हजार दोलखा, सिन्धुपाल्चोक लगायतका अरु दक्ष कामदारलाई रोजगार सिर्जना गर्न सक्नेछ जसले त्यहाँका जनताको जीवनस्तरमा सुधार आउने छ ।
हरेक सरकार परिवर्तन सँगै, दोलखाका अगुवा नेतृत्वको मन्त्रालयसँगको पटक पटकको छलफल भएपनि निकास निस्किन सकेको छैन । उद्योग मन्त्रालय एक्लैले मात्र यसको निर्णय गर्न नसक्ने भएकाले छिट्टै उद्योग मन्त्रालयको अग्रसरतामा उद्योग र अर्थ मन्त्रालय र यस उद्योग मातहतका कर्मचारी पुनःसञ्चालनको कार्ययोजना बनाउनु पर्ने देखिन्छ ।
यति ठूलो उद्योग सञ्चालन गर्नुअघि, उद्योग बन्द गर्नुपर्ने कारणको खोजी, आईइइ र इआइए अध्ययन गरि बजेट विनियोजन गरि, अनुसन्धानको प्रतिवेदनको सुझावको आधारमा आगामी कार्ययोजना अघि बढाउन आवश्यक रहेको छ ।
सडक सञ्जालको पहुँच र विद्युत लाइनको सुविधा रहेको यस उद्योग पुनःसञ्चालनमा धेरै आर्थिक भार नपर्ने भएकाले तत्काल सुरु गर्न सकिने देखिन्छ । आर्थिक मन्दिले आक्रन्त रहेको अवस्थामा, यस उद्योग सञ्चालनले रोजगार श्रृजना गर्नुका साथै दोलखाको आर्थिक स्थितिलाई चलाएमान बनाउनुका खाथै राष्ट्रको उत्पादनमा टेवा पु¥याउने विश्वास लिएका छौ । दोलखा उद्योग व्यवसायी संघले बुझाइएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।