क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला समिति दोलखाले ३५ औ जनआन्दोलन दिवस मनाईएको छ । दिवसको अवसरमा आयोजित जनआन्दोलन र वर्तमान राजनीतिक परिस्थिति विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
अन्तरक्रिया कार्यक्रम क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको जिल्ला समिति दोलखा इन्चार्ज पूर्ण बहादुर खड्काको अध्यक्षता र क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको केन्द्रीय सचिवालय सदस्य सरद रसाईलीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा नेपाली कांग्रेस दोलखाका नेता केशव चौलागाई, नेकपा माओवादी केन्द्र दोलखाका संयोजक कमल श्रेष्ठ, नेकपा एकीकृत समाजवादी दोलखाका अध्यक्ष भीम प्रसाद दहाल, नेकपा माआवादीका राजन सी लगायतका विभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकार, पार्टी कार्यकर्ताको सहभागिता रहेको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका गोविन्द काफ्लेले बताउनु भयो ।
त्यस्तै आज नै नेकपा माओवादी केन्द्र दोलखाले पत्रकारहरुसँग दोलखाको समसामयिक विषयमा छलफल गरेको छ । पार्टीका नवनिर्वाचित नेतृत्व पंक्तिले पत्रकारहरुसँग दोलखाको राजनीतिक, शैक्षिक, सामाजिक, आर्थिक, विकास निर्माण लगायतका समसामयीक विषयमा छलफल गरेको हो ।
कार्यक्रममा पत्रकारहरुले जिल्लाको सामाजिक, आर्थिक, शैक्षिक, स्वास्थ्य, उर्जा, पर्यटन, सञ्चार क्षेत्रको विकास र प्रवद्र्धनको लागि सबै पार्टीले उठाउनुपर्ने एजेण्डा र दायित्वको विषयमा धारणा प्रस्तुत गरेका थिए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता नर बहादुर पाख्रीन, जिल्ला संयोजक कमल श्रेष्ठ (ज्योती), सचिव सन्तोष फुयाल, प्रवक्ता पुष्कर कुमार अधिकारी, युवा नेता भरत श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।