लोप हुँदै गएको सुरेल भाषा, संस्कृति र भेषभुषालाई जोगाउन सुरेल समुदायले संग्रहालय स्थापना गरिएको छ । सुरेल जाति उत्थान सेवा समाजको पहलमा गौरीशंकर गाउँपालिका ५ सुरीमा संग्रहालय स्थापना गरिएको हो ।
सुरेल बस्तीमै एक करोड रुपैयाँमा खरिद गरिएको जग्गामा संग्रहालय निर्माण गरिएको हो । पाँच लाख बागमती प्रदेश र स्थानीय सरकारको २५ लाखमा संग्रहालय निर्माण गरिएको सुरेल जाति उत्थान सेवा समाजका अध्यक्ष सुवास सुरेलले जानकारी दिनु भयो ।
“प्राप्त पैसाले सग्र्रहालय भवन निर्माण गरेको तर त्यसभित्र सामग्री राख्नको लागि पैसा नभएकाले कोठाहरु खाली रहेको छ । सुरेल जातिको भेषभुषा, भाँडाकुडा, पुराना सामग्रीहरु राख्नको लागि पैसा पर्याप्त भएन”, अध्यक्ष सुरेलले भन्नु भयो । ‘समाजले गाउँपालिकालाई थप रकमको लागि अनुरोध गरेको छ ।
संग्रहालय भवन दुई तलाको छ र सबै कुरा पूरा भएपछि, समाजले सुरेल पहिचानसँग सम्बन्धित सामग्रीहरू र भूँइ तलालाई कार्यक्रम हलको रूपमा प्रयोग गर्ने लक्ष्य राखिएको छ ।
गाउँपालिका, भाषा आयोगले सुरेल भाषा, भेषभुषा, संस्कृति र इतिहासको संरक्षण सम्वद्र्धनको लागि अध्ययन गरेको रुपमा अभिलेख गर्ने योजना रहेको पनि अध्यक्ष सुरेलले जानकारी दिनुभयो । २०७८ सालको जनगणना अनुसार सुरेल जातिको जनसंख्या ३ सय १८ रहेको छ । भाषा बोल्नेको संख्या भने घट्दो अवस्थामा छ ।