वैतेश्वर गाउँपालिका–६ नाम्दुमा लगाएको ड्रयागन फुड यस वर्ष ११ लाखभन्दा बढीको फलेको छ । गत वर्षबाट फल्न सुरु गरेको ड्रयागन फ्रुटअहिले नै दुई लाखभन्दा बढीको बेचिसकेका छन् ।
असारको अन्तिम साताबाट पाक्न सुरु गरेको फल अहिले धमाधम बेच्न थालेका छन् । साउन महिनामा अरु बेलाभन्दा बढी पाक्ने गर्दछ । मुख्य सिजननै साउन महिना भएकोले असारदेखि अहिलेसम्म दुईभन्दा बढी बेचिसकेको तामाकोशी बहुउद्देश्यीय कृषि फर्मका सञ्चालक मैया तामाङले बताउनु भयो । साउन महिनामा बढी पाके तापनि असोज महिनासम्म पाक्छ सञ्चालक तामाङले बताउनु भयो ।
पाकेको ड्रयागन फल बेच्न बजारको अभाव नभएकोले नजिकैको बजारमा बेच्ने गरेका छन् । अहिलेसम्म तामाकोशी बजार, जिरी, मैनापोखरीमै यसले पर्याप्त बजार पाएको हुँदा अन्यत्र धाउनु पर्ने बाध्यता नभएको सञ्चालक तामाङले जानकारी दिनुभयो । कतिपय ग्राहक फर्ममानै आउने गरेका छन् । स्थानीय बजारमा र फर्म आउने ग्राहकलाई प्रतिकेजी चार सय रुपैयाँमा बिक्री गर्दै आएका छन् ।
एउटा बोटले २० देखि २५ वर्षसम्म फल दिई रहने भएकाले गतिलो आम्दानीको स्रोत बनेको छ यस व्यवसाय । २४ रोपनीबाट सुरु गरेको ड्रयागन फल व्यवसाय अहिले सात सय बढी बोटले फल दिन थालेको छ । तामाङले ड्रयागन फलको साथै भैसी, बाख्रा, लोकल कुखुरापालन गर्दै आएका छन् । यही फर्ममा आँप, स्याउ, लिची, अंगुर, जुनार, कागती, रुख कटर, भूँई कटर र माछापालन समेत गर्दै आएका छन् ।