अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) भीमेश्वर नगर कमिटी दोलखाले दौड प्रतियोगिता आयोजना गरिएको छ । १० औं संविधान दिवसको अवसरमा अनेरास्ववियुले भीमेश्वर नगरअन्तर माध्यमिक विद्यालय स्तरीय दौड प्रतियोगिता आयोजना गरिएको हो ।
२०७२ साल असोज ३ गते ऐतिहासिक रुपमा संविधान जारी भएको दिन साथै लामो त्याग, बलिदान र समर्पणबाट अनेरास्ववियुले नेपालको संविधान २०७२ को भाग ३ को धारा ३१ मा शिक्षा सम्बन्धि हकलाई ५ बुँदासहित मौलिक हकको रुपमा स्थापित गर्न सफल भएको स्वर्णिम अवसरमा दौड प्रतियोगिता आयोजना गरिएको हो । अनेरास्ववियु भीमेश्वर नगर कमिटीले स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारालाई साकार पार्न अनेरास्ववियु भीमेश्वर नगर कमिटीले आज दौड प्रतियोगिता आयोजना गरिएको हो ।
कार्यक्रम अनेरास्ववियु भीमेश्वर नगर इन्चार्ज शिरीष बस्नेतको अध्यक्षतामा भएको थियो । भीमेश्वर नगरभित्र रहेका सामुदायिक र संस्थागत बिद्यालयहरुबाट छात्रा र छात्र दुवै सहभागी हुने गरि आयोजित कार्यक्रममा उत्साहपूर्ण सहभागिता रहेका थिए । कार्यक्रममा कालिञ्चोक मावि चरिकोटका विद्यार्थी पेमा ढोल्मा तामाङ प्रथम, सर्व मावि जिलुका विद्यार्थी इशा मुग्राती द्वितीय र क्षमावती माविका विद्यार्थी सुस्मिता थामी तृतीय हुनुभएको थियो । त्यसैगरी छात्रतर्फ भीम माविका विद्यार्थी विष्णु थामी प्रथम, हिमालयन क्राउन बोर्डिङ स्कुलका विद्यार्थी साङ्गे तामाङ द्वितीय र कालिञ्चोक माविका विद्यार्थी रुपेश तामाङ तृतीय हुनुभएको थियो ।
प्रथममा हुन सफल विद्यार्थीहरुलाई नगद पाँच हजार रुपैयाँ, मेडल र प्रमाणपत्र , द्वितीय हुने विद्यार्थीहरुलाई नगद रु. तीन हजार रुपैयाँ, मेडल र प्रमाणपत्र साथै तृतीय हुने सफल विद्यार्थीहरुलाई नगद दुई हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिएको अनेरास्ववियु दोलखाका अध्यक्ष रामचन्द्र केसीले जानकारी दिनुभयो । कार्यक्रममा नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठ, प्रचार विभाग प्रमुख हरि ओली, भीमेश्वर नगरपालिका–६ का अध्यक्ष नविन लामा र अनेरास्ववियु केन्द्रीय सदस्य तथा दोलखा इञ्चार्ज राजकुमार ढुंगेल लगायतका उपस्थिति रहेका थिए ।