दोलखाको गैरिशंकर गाउँपालिकामा आगामी मंसिर १६ गते हुने उप निर्वाचनको लागि राजनैतिक दलहरुले उम्मेदवारी टुंगो लगाई गाउँ केन्द्रित चुनावी कार्यक्रमहरु सुरु गरेको छ ।
जिल्लाको गौरिशंकर गाउँपालिकामा उपाध्यक्ष पदको लागि मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो । जिल्ला स्थित मुख्य राजनैतिक दल नेकपा एमाले, नेपाली काङगेस, माओवादी केन्द्र र समाजवादीले उम्मेदवार घोषणा गरी चुनावी घरदैलो अभियान सुरु गरेको हो । निर्वाचनको लागि मंसिर २ गते उम्मेदवारहरुले गौरिशंकर गाउँपालिकामा मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ । उपाध्यक्ष पदको लागि एमालेले उमा मगर शेर्पालाई सर्वसम्मत उम्मेदवार घोषणा गरेको छ भने काङग्रेसले स्वर्गीय श्याम सुन्दर तामाङको श्रीमती पास्दीकी तामाङ र नेकपा माओवादी केन्द्रले निमलेकी शेर्पालाई उम्मेदवार घोषणा गरेको छ ।
नेपाली काङग्रेसबाट गौरिशंकर गाउँपालिकामा उपाध्यक्ष पदमा निर्वाचित श्याम सुन्दर तामाङको हृदयघातका कारण निधन भए पछि उक्त पदको लागि उप निर्वाचन हुन लागेको हो । गत स्थानिय तहको निर्वाचनमा गौरिशंकर गाउँपालिकामा उपाध्यक्ष पदमा नेकपा माओवादी र काङग्रेसको संयुक्त गठवन्धनबाट नेपाली काङग्रेस श्याम सुन्दर तामाङ ४ हजार ७ सय १४ मत सहित उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो ।
नेकपा एमालेबाट उपाध्यक्ष पदको लागि उम्मेदवार वन्नुभएका उमा शेर्पाले २१ गतेबाटै घरदैलो अभियान सुरु गर्नु भएको छ । शेर्पाले गैरिशंकर गाउँपालिका वडा नम्वर ७ मार्वुबाट घर दैलो अभियान सुरु गर्नुभएको हो । मार्वुबाट सुरु गरिएको घरदैलो अभियान चंखु सुरी, झयाकु हुँदै वडा नम्वर १ र २ जुगु पुगेको छ । अभियान २७ गते वडा नम्वर ८ खारेमा २८ गते सिमिगाउँ र २९ गते टासिनाममा भेटघाट गर्ने कार्य तालिका रहेको निर्वाचन संयोजक स्वयम बहादुर खड्काले बताउनुभयो ।
को हुन एमालेले अघि सारेको उमा शेर्पा
यहि मंसिर १६ गते हुने उप निर्वाचनमा नेकपा एमालेको तर्फबाट उपाध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरिएको उमा शेर्पा (उमा लुंगेली मगर शेर्पा) गौरिशंकर गाउँपालिका वडा नम्वर ७ मार्वुका युवा नेतृ हुन । गौरिशंकर गाउँपालिका वडा नम्वर ७ मार्वुमा स्थायी वसोवास गर्दै आउनुभएका शेर्पाको जन्म २०४६ साल फागुन २ गते ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकामा भएको थियो । गौरीशङ्कर गाउँपालिका वडा नम्वर ७ मार्वु निवासी फुर्लाक्पा शेर्पा संग २०६७ सालमा बिवाहा भएपछि गौरीशङ्कर गाउँपालिका भित्र सामाजिक कार्य संगै राजनितीक रुपमा क्रियाशील भएर काम गर्दै आउनुभएको छ ।
विधार्थी जिवनमा नेकपा एमालेको भातृसंगठन अनेरास्वीयुको विभिन्न कमिटीमा रहेर काम गर्नुभएको शेर्पा नेकपा एमालेको विभिन्न गतिविधीहरुमा सहभागी भई काम गर्दै आउनुभएको छ । समाज सेवा पेशा व्यवसाय सहित राजनीतीलाई समेत उतिकै महत्वका साथ काम गर्दै आउनुभएको छ । ग्रामिण क्षत्रमा जन्मनु भएका शेर्पाले अर्थशास्त्र विषयमा उच्च शिक्षा गर्नुभएको छ । हाल राजनीति, समाजसेवा संगै निजी व्यवसाय संचालन गर्दै आउनुभएको छ । शेर्पा कराँते खेलमा समेत अव्वल रहनुभएको छ ।
यसअघि २०७२ को भूकम्पको बेला, कोभिड–१९ को महामारीको बेला, बाढी पहिरोको बेला पिडामा परेका जनताको साथमा रहि निजी र विभिन्न संघसंस्थाको सहकार्यमा जनताको घरदैलोमा राहत सामग्री पुराउने कार्यमा समेत सक्रियता पुर्वक शेर्पा लाग्नुभएको थियो ।
शेर्पा विज्ञान र प्रविधिमा उतिकै चलाख हुनुहुन्छ भने सवारी साधन आफै संचालन गरी यात्रा गर्ने गर्नुहुन्छ । लायन्स कल्वमा समेत आवद्ध भई शेर्पाले सामाजिक काम गर्दै आउनुभएको छ । गैरिशंकर गाउँपालिका र काठमाण्डौमा विभिन्न व्यवसाय समेत संचालन गर्दै आउनुभएको शेर्पालाई सफल व्यवसायीको रुपमा समेत चिनिने गरिन्छ । नेतृत्व गर्नसक्ने, सीप र जागरले भरिएको सफल र आटिलो शेर्पा ग्रामीण क्षत्रमा जन्मीएका महिलाले पनि अवसर पाए सफलता हासिल गर्न सकिदो रहेछ भन्ने उदाहरणको रुपमा समेत उहाँलाई हेर्न सकिन्छ ।